Khabar Dabali Logo
  June 3, Wed

चीन तातोपानी नाका खोल्न तयार, अत्यावश्यक सामग्री पठाउन नाका सञ्चालनमा ल्याउने

सिन्धुपाल्चोक । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनले आफ्नो स्थानीय प्रशासनलाई उक्त निर्देशन दिएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्रालयबाट चीन नाका खोल्न तयार रहेको जानकारी आएको र आवश्यक समन्वय गरी चाँडै नाका सञ्चालन गरिने जानकारी दिए।

तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले चीनतर्फको भन्सार सुचारु गर्न निर्देशन भइसकेको जानकारी पाएको बताए । कोभिड–१९ फैलिन शुरू भएपछि तीन महिना चीनले सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।

चैत २५ गते, २०७६ - २१:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

काठमाडौ । विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति...   

बैंकमा अत्यधिक भीड बढेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता

काठमाडौ । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले...   

स्वास्थ्यकर्मीसहित नौ जनाको आरडिटी रिपोर्ट पोजेटिभ, भोजपुरको पौवादुङ गाउँपालिका सिल

भोजपुर । भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ । मङ्गलबार...   

चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडौ । चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न...   

कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय...   
भारत सरकारले अनुमति नदिँदा ५०० भारतीय मजदुर सीमामा अलपत्र

भारत सरकारले अनुमति नदिँदा ५०० भारतीय मजदुर सीमामा अलपत्र

भद्रपुर । भारतको पश्चिम बङ्गाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा...   

बजारमा खाद्यान्नको कृत्रिम अभाव र मूल्यवृद्धि

काठमाडौ । बन्दाबन्दी जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ । खाद्यान्नको...   

इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने

रोम । इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका...   
अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने

काठमाडौ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले...   

तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक : काँग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top