Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

मोरङ । खुला सीमानाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।

नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ ।

खुला सीमा नाकाको ६३ किलोमिटर दूरी क्षेत्र दिनभर सुनसान हुने गरे पनि साँझ परेपछि माइती–ससुरालीका पाहुनाको ताँती लाग्ने गरेको छ ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायसँग सीमापार भारतीय क्षेत्रको संस्कृतिदेखि ज्वाइँ र बुहारीको नाता छ ।

वैध र अवैध दुवै खालको व्यापारदेखि नाता सम्बन्ध जोडिएका क्षेत्र भए पनि कोरोना सन्त्रासबाट जोगिन नेपाल आउनेबाट दक्षिणी क्षेत्रका बासिन्दा भने अहिले चिन्तामा छन् ।

नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायको उपस्थिति रहनेगरेका कारण दिउँसो नाका सुनसान रहनेगरेको हो तर साँझ परेपछि दुवैतर्फ खुला हुन्छ ।

रातभर भने पूरै खुला हुने भएपछि सोही मौकामा नेपाल आउनेको लर्को लाग्ने गरेको सार्वजनिक माध्यमिक विद्यालय जहदाका शिक्षक अजय सिंहले बताए । जहदाको नोचा, डमुरिया र तारिगामा नाकाबाट दैनिक दुई सय ५० को हाराहारीमा नेपाल प्रवेश गर्ने गरेकोे शिक्षक एवं स्थानीयवासी सिंहको भनाइ छ ।

स्थानीयवासीले यसरी सीमा नाका हुँदै आउनेलाई रोक लगाउने प्रयाससमेत गरिसकेका छन् तर नेपालमा रहेका आफन्त भेटघाट गर्न आएको भनेपछि उनीहरूका आफन्तसँग सम्पर्क गर्दै एकिन गरेर छाड्नुपर्ने बाध्यता छ । साँझ परेसँगै लकडाउन खुकुलो गरिएपछि दुवैतर्फका नागरिकको आवत–जावतको बाटो खुल्ने गरेको छ । सीमापारी भारतीय बजारसम्म पुगेर आवश्यक पर्ने सामग्री ल्याउने काम अहिले पनि भइरहेको जहदाका अर्का स्थानीय कैलाश मण्डलले बताए ।

भारतमा काम गरेर नेपाल आउनेले समेत अहिले सहायक नाकालाई प्रयोगमा ल्याउनेगरेको सीमासँग बस्ती जोडिएका स्थानीयको दाबी छ । भारतको सीमा नजिकै आइपुगेका उनीहरूले साँझ परेपछिको मौकालाई छोप्दै सहायक नाका प्रयोग गरेर नेपाल आउने धनपालथान गाउँपालिका–२ का पशुपति पासवानले जानकारी दिए ।

धनपालथानमा मायागञ्ज छोटी भन्सार नजिकै खयरबोना नाका हुँदै नेपाल आउने पनि दैनिक उत्तिकै हुने गरेका छन् ।

नेपाल प्रवेश गर्नेले राति समयलाई मौका मान्दै आएका छन् । जहदा गाउँपालिका ४, बुधनगरका नितेशकुमार साह सुरक्षा निकायसँग सहकार्य गरेर नेपाल प्रवेश गर्नेलाई रोक लगाउने विषयमा योजना बनाइरहेको बताए ।

मोरङको मुख्य नाका रानीसहित जहदा गाउँपालिकाको तारिगामा, मधुमल्ला, डमुरिया, धनपालथानको मायागञ्ज, खयरबोना, गडरिया, कदमाहा रङ्गेली नगरपालिका ६ को रङ्गेली र सुनवर्षी नगरपालिका-८, असनगढी, रतुवामाई नगरपालिकाको चुनीबारी, डोरिया, चौकीघाट र सुनवर्षी नगरपालिकाको डायनिया छोटी भन्सारसहितको आवत–जावत हुने क्षेत्रमा पर्छ । यीमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् ।

सञ्चालनमा रहेका छोटी भन्सार धनपालथान गाउँपालिका-३, मायागञ्ज, रङ्गेली नगरपालिका ६ को रङ्गेली र सुनवर्षी नगरपालिका-८, असनगढीको डायनिया छन् । मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीले भारततिर लकडाउनका कारण ५० किलोमिटर टाढासम्म कोही पनि नागरिक नरहेको बताए । उनले पाहुना आए पनि छिमेकीले प्रहरीलाई सूचना दिने गरेको दाबी गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies