Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने

कास्की । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदुर लगायतलाई निःशुल्क राहत प्याकेज ल्याइने भएको छ ।

गण्डकी प्रदेश सरकारले गठन गरेको प्रदेशस्तरीय आपूर्ति तथा अनुगमन समितिले लकडाउनको मारमा परेका सडक बालबालिका, दैनिक ज्यालामा काम गर्ने मजदूर, क्वारेन्टाइनमा बसेका र आर्थिक रुपमा आफै किनेर खाने क्षमता नभएकाहरुका लागि राहत प्याकेज ल्याउन लागेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल संयोजक र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर सहसंयोजक रहेको सो समितिले प्रदेशमा सहज रुपमा खाद्यान्न जनतासम्म पुगोस भन्ने हेतुले न्यूनतम मूल्यमा खाद्य सामग्री वितरणको ब्यवस्था गर्न लागेको जनाएको छ ।

सोमबारदेखिनै मोबाइल एप्स सञ्चालनमा ल्याएर अति प्रभावित घर परिवार र स्थानीय तहसम्मको माग सङ्कलन गर्ने, स्थानीय तहका प्रमुखहरुसँग समन्वय गर्न नौ वटा ‘टास्क फोर्स’ बनाउने, दैनिक उपभोग्य बस्तुको कालोबजारी र अभाव हुन नदिन अनुगमन गर्ने, प्रदेश बाहिरबाट आवश्यक उपभोग्य सामग्री भित्राउने र जिल्लादेखि स्थानीय तहसम्म आपूर्ति अनुमगन समिति गठन गरिने समितिका सहसंयोजक मन्त्री थापामगरले जानकारी दिए।

“जारी लकडाउनका कारणले शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने नागरिकहरु मारमा परेका छन् । उनीहरुलाई असहज परिस्थितिमा राज्यको तर्फबाट राहत उपलव्ध गराउने र गण्डकी प्रदेशमा कोही पनि भोकै बस्नु नपर्ने अवस्थाका लागि प्याकेज ल्याउन लागेका छौँ”, उहाँले भन्नुभयो ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले असहज अवस्थामा समेत गाउँगाउँसम्म खाद्यान्न आपूर्ति तथा वितरणमा सघाउने, अत्यावश्कीय बस्तुहरुको आपूर्ति, मुल्य र गुणस्तर कायम गर्नका लागि प्रदेश, जिल्ला तथा स्थानीयतह स्तरीय आपूर्ति समिति गठन गर्ने निर्णय गरेको थियो । प्रदेशस्तरीय समितिमा प्रमुख जिल्ला अधिकारी, प्रदेश नीति योजना आयोगमा आपूर्ति हेर्ने सदस्य, प्रदेश प्रहरी कार्यालय सदस्य, प्रदेश उद्योग वाणिज्य सङ्घ, चेम्वर अफ कमर्श, उपभोक्ता उपभोक्ता हित संरक्षण समिति, पत्रकार महासङ्घ र वन वातावरण मन्त्रालयको वाणिज्य तथा आपूर्ति महाशाखा सदस्य छन् ।

त्यसैगरि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय आपूर्ति समिति गठन गरेको छ । सो समितिमा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सदस्य, महागनर, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख सदस्य रहनेछन् । त्यसैगरि स्थानीय तहमा समेत प्रमुखको संयोजकत्वमा आपूर्ति समिति गठन गर्न लागिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies