Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

‘लकडाउन’मा गर्भवतीले कसरी रहने सुरक्षित : यस्ता छन् चिकित्सकका सुझाव

काठमाडौं । कीर्तिपुरकी मुना राउत गर्भवती भएको ९ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उनी चिन्तित छिन् । वैशाखको
अन्तिम साता सुत्केरी हुने मिति चिकित्सकले दिएका छन् । ९ महिना लागेपछि दिएको मितिभन्दा अघि वा पछि जुनसुकै बेला सुत्केरी हुने सम्भावना पनि चिकित्सकले औँल्याएका छन् तर अस्पतालमा सेवा र चिकित्सकको परीक्षण बन्द छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - दुई दिन अघिकै कुरा हो । पेट दुखेर कीर्तिपुर अस्पताल पुग्दा चिकित्सकले नै किन आएको भनेर हकारे । राउतले कोरोना भाइरस जसमा पनि हुनसक्छ, यसरी जुनसुकै बेला अस्पताल नआउनुहोस् भने भनेर सुनाए । सुत्केरी व्यथा लागेपछि मात्र अस्पताल आउनु भनेर फर्काइयो । हुन पनि गर्भवती अवस्था संवेदनशील भएकाले सङ्क्रमणको जोखिम बढी हुन्छ । चिकित्सककै सल्लाहमा काम गर्नुपर्छ । सबैतिरको बन्दले राउत जस्तै धेरै गर्भवती अन्योलमा छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ देशकै सबैभन्दा ठूलो परोपकार प्रसूति गृहमा समेत बहिरङ्ग सेवा बन्द छ । त्यहाँ अति आवश्यक जनरल सेवा र इमर्जेन्सी सेवा मात्र खुला छ । त्यो भनेको सुत्केरी गराउने सेवा मात्र हो । अन्य गर्भवती र बिरामीलाई पनि चिकित्सकले दिएको औषधि घरमै सेवन गर्ने र अति आवश्यक परेमा मात्र अस्पताल आउन भनिएको छ ।

कोरोनाको सङ्क्रमण रोक्न सरकारी आदेश अनुसार अन्य अस्पतालले पनि बहिरङ्ग सेवा बन्द गरेका छन् । आकस्मिक कक्ष मात्र चलेको छ ।

प्रसूति गृहमा मात्र दैनिक दुई सयभन्दा बढी बहिरङ्ग सेवामा महिला गर्भ परीक्षणका लागि आउँथे । यहाँ दैनिक ७० जनाभन्दा बढी सुत्केरी हुनेगर्छन् । पाटन अस्पतालमा दैनिक १५ जना सुत्केरी हुन्छन् । चितवनकै भरतपुर अस्पतालमा पनि दिनको ३० जनाभन्दा बढी सुत्केरी हुने गर्छन् ।

गर्भवती मात्रै होइन सुत्केरीलाई पनि अस्पतालमा धेरै नबस्न चिकित्सक सुझाउँछन् । अरू मानिस जस्तै सुत्केरी र गर्भवतीलाई पनि घरमै सुरक्षित राख्नुपर्ने सुझाव स्त्रीरोग विशेषज्ञ डा। विमला मल्ल दिन्छिन् । बहिरङ्ग र अन्य सेवा बन्द भए पनि चिकित्सक र स्वास्थ्यकर्मी पनि विशेष अवस्थामा बाहेक अस्पताल र बाहिर निस्केका छैनन् ।

उनले सुत्केरी हुने बेला भएका गर्भवतीले आफू नजिक रहेको अस्पतालमै जानु राम्रो हुने बताइन् । उनका अनुसार बन्दका बेला सवारी नपाउने, जति टाढा गयो उति नै सङ्क्रमणको सम्भावना बढी हुन्छ । त्यसैले गर्भवती स्वयं र परिवारका सदस्यले पहिल्यै सुत्केरी गराउने अस्पताल, साधन र अन्य आवश्यक तयारी गर्नुपर्छ ।

लकडाउन लम्बिएको अवस्थामा गर्भवती र सुत्केरी मात्र होइनन् अन्य बिरामीलाई पनि अप्ठेरो पर्ने डा। मल्ल बताउँछिन् । उनले उच्च जोखिम वा सिकिस्त भएमा आफूसँग जँचाएको कागजपत्र बोकेर एम्बुलेन्समा सुविधा भएको अस्पताल जान सक्ने औँल्याइन् ।

यतिबेला उनलाई गर्भवती र सुत्केरीले बढी डराएर फोन गरिरहेका छन् । मल्लले तीन हप्ता बाँकी छ, एक महिना बाँकी छ, के गरौँ डाक्टर साब भनेर फोन आउने गरेको सुनाइन् । त्यसो हुँदा मल्लले शिशु पेटमा चलेको छ कि छैन भनेर सोध्छिन् । उनले शिशु चलेको छ, दुखाइ छैन, रक्तश्राव छैन भने नआत्तिनु भनेर सम्झाउँछिन् । उनी बाहिर ननिस्कनु र आराम गर्न भन्छिन् । यसैगरी डा। मल्लले पोषिलो खानासँगै दिइएको आइरन र क्याल्सियम निरन्तर गर्भवतीले सेवन गर्नुपर्ने सुझाव दिइन् ।

सामान्य मानिसमा पनि यतिबेला कतै न कतै मानसिक तनावको अवस्था छ । गर्भमा शिशु भएकी महिलामा झन् बढी तनाव हुने हुँदा त्यसलाई कम गर्न परिवारका सदस्यले मद्दत गर्नुपर्नेमा डा। मल्लको जोड छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies