Khabar Dabali Logo
  June 5, Fri

के कोरोना भाइरसबाट महिलालाई भन्दा अधिक जोखिम पुरुषलाई छ ?

काठमाडौं । ग्लोबल हेल्थको तथ्यांकलाई विश्लेषण गर्दा, कोरोना भाइरसबाट पुरुषको मृत्युदर महिलाको तुलनामा अधिक छ । इटलीको राष्ट्रिय स्वास्थ्य संस्थानको तथ्यांकअनुसार पनि त्यहाँ ६० प्रतिशत पुरुषहरु कोरोनाबाट पीडित छन् ।

चीन र दक्षिण कोरियाको तथ्यांकको विश्लेषण गर्दा पनि स्थिति त्यस्तै देखिएको छ । अमेरिकाले भने कोरोनाबाट को कति प्रभावित भए भन्ने तथ्यांक सार्वजनिक गरेको छैन् । तथ्यांकअनुसार इटलीको एउटा केन्द्रमा कोरोनाबाट मर्ने ३४ जनालाई हेर्दा जहाँ १० जना मात्रै महिला थिए भने २४ जना पुरुष थिए ।

जीवनशैली मुख्य कारण

पुरुषको मृत्युदर बढि हुनाको कारणबारे कुनै वैज्ञानिक अध्ययन त भएको छैन् तथापि महिलाहरुको तुलनामा जोखिमपूर्णं काममा पुरुषहरुको बढि सहभागिता हुनुलाई कारण मानिएको छ । अधिकांश पुरुषहरुले धुम्रपान तथा मद्यपान गर्ने गर्दछन् । अहिलेसम्मको अध्ययनले धुम्रपान र मध्यपान गर्ने व्यक्तिमा कोरोनाको जोखिम अत्याधिक हुने गरेको पाइएको छ । कारण उनिहरुको रोगप्रतिरोधात्मक क्षमता (इम्यूनिटी पावर) अति नै कमजोर हुन्छ ।

चीनमा गरिएको एक सर्भेमा ५० प्रतिशतभन्दा बढि पुरुषहरु धुम्रपान गरेको पाईएको थियो । जहाँ ३ प्रतिशत मात्रै महिलाले धुम्रपान गरेको कुरा भेटिएको थियो । इटलीमा ७० लाख पुरुषहरु धुम्रपान गर्ने र ४५ लाख महिलाहरु धुम्रपान गर्ने गरेको तथ्यांक यसअघि सार्वजनिक भएको थियो ।

एक रिपोर्टअनुसार इटलीमा कोरोनाको भाइरसबाट मर्ने अधिकांश व्यक्ति कुनै कुनै रोगबाट ग्रसित भएको पाइएको छ । अध्ययनअनुसार कोरोनाबाट मर्नेमध्ये ७५ प्रतिशत मानिस उच्च रक्तचापका बिरामी थिए । साथै उच्च रक्ततापका अधिकांश बिरामी पुरुषहरु नै थिए । एजेन्सीबाट

चैत १४ गते, २०७६ - १४:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top