Khabar Dabali Logo
  April 6, Mon

पेट्रोलमा ८६५ कर : पूर्वाधार कर पाँचबाट १० रुपैयाँ बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ । १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ पुर्‍याएपछि पेट्रोलमा सरकारले लिने कर मात्रै प्रतिलिटर ४४ रुपैयाँ ४८ पैसा पुगेको छ । यो पेट्रोलको पछिल्लो खरिद मूल्य ५१ रुपैयाँ ८४ पैसाको ८६ प्रतिशत हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उपभोक्ता मूल्यमा असर नपर्ने गरी पेट्रोल, डिजेल र हवाई इन्धनमा पूर्वाधार विकास कर लगाएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । तर, उपभोग्य वस्तुमा सरकारले उठाउने अप्रत्यक्ष कर उपभोक्ताले नै तिर्ने हो ।

यसअघि नै आर्थिक वर्ष ०७२/७३ को बजेटमा बुढिगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न भन्दै सरकारले पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले कर लिँदै आएको थियो ।

त्यो कर पनि उपभोक्ताको मूल्यमा कुनै असर नपर्ने गरी लिने भन्ने घोषणा थियो । तर, अहिले आयल निगमले पेट्रोलियमको मूल्यमा सो कर थपेर उपभोक्ताबाट असुल्दै आएको छ ।

सरकारले हालै गरेको करवृद्धिपछि तत्कालै पेट्रोलियमको भाउ नबढाउने, तर आगामी दिनमा मूल्य समायोजन गर्दा यो कर जोड्दै जाने रणनीति अँगालिएको आयल निगम स्रोतले बतायो ।

‘हाललाई निगमकै नाफा अलि कम गरी सरकारलाई कर बुझाउँछौँ,’ निगमका एक अधिकारीले भने, ‘प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आउँदैपिच्छे १–२ रुपैयाँका दरले थप गरिएको करलाई उपभोक्ता मूल्यमा जोड्दै जान्छौँ ।’

यसअघि बुढिगण्डकी आयोजना सरकार आफैँले बनाउने भनी आर्थिक ऐनमार्फत नै पाँच रुपैयाँ प्रतिलिटरका दरले इन्धनमा पूर्वाधार विकास कर उठाउने व्यवस्था गरिएको थियो । तर, अहिले आर्थिक ऐनको दफा १८ अनुसार भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरी तजबिजी रूपमा करको दर बढाइएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबारबाटै लागू हुने गरी तीनवटै पेट्रोलियममा थप पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १० रुपैयाँका दरले कर उठाउन थालिएको नेपाल आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

‘हामीले बिहीबारबाट पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा प्रतिलिटर १० रुपैयाँका दरले पूर्वाधार कर तिर्न सुरु गरेका छौँ,’ उनले भने । प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर हुँदा मासिक एक अर्ब रुपैयाँ उठ्ने गरेको थियो । तर, अब मासिक दुई अर्ब रुपैयाँ पूर्वाधार कर शीर्षकमा उठ्ने उनले बताए । यो करको भार उपभोक्तामा पर्नेछ ।

आयल निगमका अनुसार बुढिगण्डकीका लागि हालसम्म ४१ अर्ब रुपैयाँ कर उठिसकेको छ । उपभोक्ताबाट यति ठूलो रकम उठाइरहे पनि आयोजना निर्माण सुरु हुन सकेको छैन ।

सरकारले बुढिगण्डकी बनाउन भनेर उठाएको ४१ अर्ब रुपैयाँबाट पौने तीन सय मेगावाटको छुट्टै आयोजना बन्छ । तर, बुढिगण्डकी बनाउने भनी जनतालाई ढाँटेर उठाइएको कर रकम सरकारको राजस्वमा जम्मा गरी अन्यत्रै खर्च गरिरहेको छ ।

लक्ष्यअनुसार राजस्व उठाउन नसकेपछि सरकारले पेट्रोलियम पदार्थमा उपभोक्ताको ढाड सेक्ने नीति लिएको हो ।

चालू आर्थिक वर्षको साढे आठ महिना सकिँदा सरकारले लक्ष्यको ४६ दशमलव २५ प्रतिशत अर्थात् पाँच खर्ब १४ अर्ब मात्रै राजस्व संकलन गरेको छ । चालू आवमा कुल ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ ।

फागुन १६ गते, २०७६ - ०७:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टाइनमा बसेको १४ दिन बित्दा पनि परीक्षण भएन

धनगढी । कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका...   

कोरोनासँग जुध्न चुक्दै सरकार

काठमाडौं । विश्वमै महामारीकोरुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट देशवासीलाई जोगाउन सरकार चुक्दै...   

एकै दिनमा अमेरिकाका चार नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको न्यूयोर्कमा शनिबार मात्रै चार गैरआवासीय नेपालीको मृत्यु भएको छ। मृत्यु हुने...   
कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई  निकालेपछि…

कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई निकालेपछि…

काठमाडौं । कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई...   
कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

अमेरिका । कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्यूयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु...   

कोरोना संक्रमणको १० दिनपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...   

कोरोना राहत बुझ्ने घरधनीसँग भेटियो २५ लाख !

झापा । झापाको कनकाई नगरपालिका–४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद फेला परेको...   

रोकिएन लुकीछिपी नेपाल आउनेको संख्या

कैलाली । सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम...   
नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

मोरङ । खुला सीमानाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती...   

काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामी

काठमाडाैं । चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top