Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रहरी कर्मचारीहरुले नागरिकले खोजेजस्तो उत्कृष्ट सेवा प्रवाह गर्नुपर्छ - प्रहरी महानिरीक्षक ज्ञवाली

बारा । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको बताएका छन् । बारा, पर्सा र रौतहट जिल्ला तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई २ नम्बर ट्राफिक प्रहरी कार्यालय बारामा आइतबार आयोजित कार्यक्रममा निर्देशन दिंदै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

प्रहरी समाजको अभिन्न अंग भएकोले आमनागरिकलाई व्यावसायिक एवं सहज रुपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भने, ‘उत्कृष्ट सेवाको प्रतिफल स्वरुप नागरिकबाट प्राप्त स्याबासी नै हाम्रो उर्जा हो । त्यसैले नागरिक सेवालाई केन्द्रमा राखी थप उत्कृष्ट सेवा दिनेतर्फ सबै प्रहरी कर्मचारीहरु केन्द्रित र दृढ रहनुपर्छ ।’

समुदाय-प्रहरी साझेदारी कार्यक्रम लिएर जाँदा नागरिकले खोजेजस्तो सेवा प्रदान गर्न सकिने उल्लेख गर्दै उनले प्रहरीलाई नागरिक समाजको नजिक जान कार्यक्रमले थप प्रेरित गर्ने र यसले आफ्नै व्यावसायिकतासमेत अभिवृद्धि गर्ने बताए ।

अपराध अनुसन्धानलाई निष्कर्षमा पुर्या उन धैर्यता, लगनशीलता र उच्च व्यावसायिकताले मात्र सम्भव हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले लैंगिक तथा घरेलु हिंसा लगायतका घटना न्यूनीकरणका लागि सामुहिक रुपमा एक्यबद्ध भई काम गर्नुपर्ने चर्चा गरे । राजश्व संकलन कार्यान्वयनको पक्ष सवल होस् भन्ने अभिप्रायले सबै सरोकारवाला निकाय र समाजका सबै समूहसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्नेमा जोड दिंदै उनले सडक दुर्घटना र अवरोधको बेला कुनै सम्झौता नगरी तत्काल समस्या समाधान हुने गरी काम गर्नुपर्ने बताए ।

प्रहरी कर्मचारीहरु उच्च आचरण र व्यवहारको नमूना बनुन् भन्ने आफ्नो उत्कट चाहना रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै स्वार्थ वा प्रलोभनमा परी काम कारवाही गरेमा वा कुनै गैरव्यावसायिक क्रियाकलापमा प्रहरी कर्मचारीहरु संलग्न भएको पाइएमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने बताए । यस्ता संगठन विरुद्ध लाग्ने जो कोही सजायको भागीदार हुनुपर्ने तर असल नियतले सबैको हितका लागि संगठनको नीति अनुरुप गरेका कुराहरुको संरक्षण संगठनले गर्ने उनले प्रष्ट पारे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies