Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भैरहवा सेजमा विद्युत् समस्या, प्रसारण लाइन र सबस्टेसनमा ढिलाइ

भैरहवा । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग स्थापनामा चासो देखाएका छैनन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - विद्युत् प्रसारण लाइन नबन्दा मागअनुसारको बिजुली नपाएपछि उद्योगी समस्यामा परेका हुन् । सेजमा ११ केभीएको लाइनबाट पाँच मेगावट विद्युत् आपूर्ति भइरहेको छ ।

पर्याप्त विद्युत् पाउन नसक्दा उत्पादनमा समस्या भएको सेजमा उद्योग सञ्चालन गर्नुभएका पञ्चकन्या उद्योगका प्रतिनिधि खडानन्द चौधरीले बताए ।

सेजमा अहिले ३३ केभीएको विद्युत् प्रसारण लाइन आवश्यक पर्ने भएकाले हाल आपूर्ति भइरहेको विद्युत् पर्याप्त नभएको चौधरीले बताए ।

भैरहवा सेजमा शक्ति मिनरल्स प्रालि, विस्तार ग्लोबल प्रालि, एलईडी लाइट उत्पादन उद्योग प्रालिले उत्पादन सुरु गरेका छन् । भैरहवामा जयबुद्व मेटल क्राफ्ट, पञ्चकन्या ग्रुप, यती प्लास्टिक प्रालि निर्माणाधीन छन् । सेजमा स्थापना भएका उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ ।

त्यसैअनुरूप भैरहवा सेजमा स्थापना भएका तीन उद्योगले डेढ करोड रुपियाँभन्दा बढीको निर्यात गरेका छन् तर विद्युत् अभावका कारण लक्ष्यअनुसार उत्पादन हुन नसकेको उद्योगीको भनाइ छ ।

उद्योगका लागि पूर्वाधार तयार गरे पनि विद्युत् पाएका छैनौँ, एस प्लास्टिक उद्योगका सञ्चालक सरोज कँडेलले भने । नेपाल विद्युत् प्राधिकरणका प्रदेश ५ कार्यालय प्रमुख नवराज सुवेदीले प्रसारण लाइन निर्माणका क्रममा वन र सडक विभागबाट समस्या हुँदा समयमा काम हुन नसकेको बताए ।

अहिले फेरि नहरपुर क्षेत्रमा स्थानीय बासिन्दालाई उचालेर अवरोध गर्न खोजिएको छ, हामीले राजनीतिक दलका प्रतिनिधि राखेर सहमतिको प्रयास गरिरहेका छौँ, उनले भने । प्रसारण लाइन निर्माणको काम करिब ८० प्रतिशत सकिएकाले अब छिट्टै नै काम सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको बताए ।

प्रसारण लाइन र सेजमा सबस्टेसन बनेपछि १५ मेगावट विद्युत् दिन सकिने उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies