Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विश्वयुद्धमा विछोडिएका दिदी बहिनी ७८ वर्षपछि भेटिदाँ…(भिडियाेसहित)

काठमाडौं । द्वितीय विश्वयुद्धको समय विछोडिएका दुई दिदीबहिनी ७८ वर्षपछि एक टिभी शोमार्फत भेटिएका छन् । रुसको आन्तरिक मामिला मन्त्रालयले पछिल्लो महिना दुई दिदी बहिनीबीच भएको भेटको फुटेज सार्वजनिक गरेको छ । जसमा ९२ वर्षीया यूलिया र ९४ वर्षकी रोजलिना खारितोनोवा अंगालोमा बाँधिएको देखिन्छन् ।

प्रहरीले जनाएअनुसार यूलियाको छोरीले एक टिभी कार्यक्रममा आफ्नो आमा र अन्टीको विषयमा कथा भनेकी थिइन् । त्यहि कथाको आधारमै दुई दिदी बहिनीको भेट भएको हो ।

दुवै दिदीबहिनी रुसको स्टेलिनग्रादमा बस्दथे । सन् १९४२ मा जर्मनी सेनाले रुसमाथि हमला गरेको थियो । जर्मनीले रुसमाथि आक्रमण गरेसँगै शुरु भएको युद्धका बेला दुई दिदी बहिनी विछोडिएका थिए ।

युद्धपश्चात उनिहरु नाजी (जर्मन सेना)को चंगुलबाट मुक्त भएका थिए । बहिनी युलिया नाजीहरुको चंगुलबाट निस्कीएसँगै रुसको उत्तरी शहर पेंजामा बस्न थालेकी थिइन् भने दिदी रोजलिना रुसको उत्तरपूर्वी शहर यूराल्मा रहन पुगेकी थिइन् । रोजलिनालाई औधोगिक मजदुरहरुले रिहा गराएका थिए ।

\"\"/
राेजलिना र यूलिया किशाेरअवस्थामा । तस्बिर : एजेन्सी

यूलियाको छोरीले प्रहरीबाट सहयोग लिएकी थिइन्

यति लामो वर्ष छुटिए पनि उनिहरुमा एक–अर्कोसँग भेट हुने विश्वास थियो । दुवै जना एक दिन भेट हुन्छ भन्ने आशामा थिए । यूलियाले बताएअनुसार उनि दिदी रोजलिनाको खोजी निरन्तर गरिरहेकी थिइन् । रोजलिनाले पनि आफ्नी बहिनीको खोजीमा निकै समय गुजारिन । यसपश्चात नै उनिहरुले विछोडबाट मिलाउने टिभी शोमा भाग लिएका थिए ।

नाजी सेनामाथि जित हाँसिल गरेको ७५ वर्ष

रुसमा प्रत्येक वर्षको मई ९ मा नाजी सेनामाथि जितको उत्सर्व मनाउने गरिन्छ । जसको उत्सव अत्यन्तै भव्य रहन्छ । दोस्रो विश्वयुद्धमा जर्मनीले रुसमाथि निकै ठूलो नोक्सानी पुर्याएको थियो ।

युद्धको बेला करीब २ करोड ७० लाख मानिस मारिएका थिए । दुई दिदीबहिनीको शहर स्टेलिनग्रादमा पनि २० लाख जति मानिस मारिएका थिए । त्यहाँ दुवै देशका १०/१० लाख सर्वसाधारण र सेना मारिएका थिए । फ्रेबुअरी १९४३ मा हिटलरको सेनाले आत्मसमर्पण गरेपछि युद्ध अन्त्य भएको थियो ।

हेर्नुहाेस् भिडियाेमा‍.. के भयाे ?

https://www.youtube.com/watch?v=g4Pjs8qkSEM

एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies