नयाँदिल्ली । भारत सरकारले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै राजश्व सङ्कलनमा प्रभाव पर्न थालेको भन्दै कम्पनीमा थप पूँजी लगानी नगर्ने नसकिने भारत सरकारको धारणा छ ।
भारत सरकारले गत वर्ष नै कम्पनीको आंशिक शेयर बिक्री गर्ने योजना सार्वजनिक गरेर प्रस्ताव माग गरेपनि कुनै पनि समूहले कम्पनी खरिद गर्न इच्छा देखाएका थिएनन् । तर यसपटक सरकारले सम्पूर्ण शेयर बिक्री गर्ने योजना अघि सारेको छ ।
सरकारले सोमबार बिमान कम्पनी खरिद गर्न चाहनेहरुबाट इच्छापत्र माग गरेको छ । एयर इन्डियाले हाल स्वदेश र विदेशका धेरै गन्तव्यमा उडान गरिरहेको छ । तर विगत दशकमा कम्पनीको आम्दानीमा व्यापक गिरावट आएपछि सरकारले हरेक वर्ष लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यस कम्पनीको हाल आठ अर्ब अमेरिकी डलर ऋणभार छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालमा सरकार सञ्चालित धेरैवटा कम्पनीलाई निजीकरण गर्न आदेश दिइसक्नु भएको छ । भारतको अर्थतन्त्रमा रुग्ण सरकारी कम्पनीमा वर्षैपिच्छे ठूलो धनराशी खर्च गर्नु परेको भन्दै सरकारले निजीकरणलाई प्रोत्साहन गरेको जनाएको छ । भारतको अर्थतन्त्रको वृद्धि गत जुलाईदेखि सेप्टेम्बरको अवधिमा ४।५ प्रतिशत मात्र रहेको छ, र यो सन् २०१८ भन्दा सबैभन्दा न्यून हो ।
मोदी सरकारले एयर इन्डियामा विदेशी लगानीकर्ता आकर्षित हुने ठूलो विश्वास गरेको छ । सरकारले आगामी मार्चसम्ममा सरकारी पूँजी बिक्रीबाट करिब १५ अर्ब डलर सरकारी कोषमा संचित गर्ने योजना बनाएको छ ।
एयर इन्डियाले सन् २०१९ मा देशभित्र १ करोड ८३ लाख ६० हजार यात्रुलाई सेवा दिएको थियो । तर सरकारी नीति, नियम र हस्तक्षेपका कारण यस कम्पनीले निजी क्षेत्रका कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकी चाहेजति प्रगति गर्न सकेको छैन । खासगरी सन् २००७ मा इन्डियन एयरलाइन्ससँग मर्ज गरेपछि कम्पनीको घाटा हरेक वर्ष बढेको छ ।
एयर इन्डियासँग हाल १२१ वटा बिमान तथा एयर इन्डिया एक्सप्रेसमा २५ वटा बिमान छन् ।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार एयर इन्डियाको कर्मचारी युनियनले सोमबार सरकारका प्रतिनिधिसँग कम्पनीको निजीकरणका विषयमा छलफल गर्न लागेको छ ।
गत साता, अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको आर्थिक वृद्धि जटिल अवस्थामा रहेको र तत्काल सुधारका कार्यहरु अगाडि नबढाए समस्या अझ बढ्ने बताएको थियो ।एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: