Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चीनमा कोरोना आत‌ंक: उद्धारको पर्खाइमा नेपाली विद्यार्थी

बेइजिङ । चीनमा कोरोना भाइरसको संक्रमण फेलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा छन्। चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्।उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ‘हामीहरू अहिलेसम्म स्वस्थ छौं, जतिसक्दो छिटो स्वदेश फर्कन चहान्छौं नेपाली विद्यार्थीले भनेका छन्। उनीहरुले सकेसम्म छिटो स्वदेश फर्कने व्यवस्था मिलाइदिने दूतावास समक्ष आग्रह गरेका छन्। हामीलाई निगरानीमा राखियोस्, सबै नियम पालन गर्नेछौं तर अहिले यहाँबाट उम्कन चाहन्छौं। उनीहरुले भनेका छन्। भाइरस सङ्क्रमित भइन्छ भन्ने र तनाबमा नेपाली विद्यार्थी छन्।

सबैभन्दा प्रभावित शहर ऊहानसँगै हुपै प्रान्तभित्रका अरू शहरमा सबै किसिमका यातायात निषेध गरिएको छ। जल, हवाइ तथा लामो दूरीका यातायातलाई पूर्ण रूपमा रोक लगाइएको अवस्थामा विद्यार्थीलाई तुरून्तै नेपाल फर्काउन कठिन रहेको नेपाली दूतावास अधिकारी बताउछन्। ऊहानमा रहेका नेपालीहरूले यातायात पूरै बन्द भएका कारण दूतावाससमक्ष स्वदेश फर्कने व्यवस्था मिलाउनका लागि अपिल गरेका छन्। चीनमा उपचार विधि सुलभ र सुविधाजनक भएपनि नेपाल नै फर्कन चाहेका छन्। कोही भने चीनमा नै सही उपचार पाउने भएकाले यतै रहँदा उचित हुने पनि बताउछन्। त्यसै गरी स्वदेश फर्कन पैसा नभएकोले कतिपय विद्यार्थी चाहेर पनि फर्कने अवस्थामा छैनन्। नेपाल सरकार र दूतावासको पहलको आशमा ऊहानका नेपाली छन्।

हालै अमेरिकाले ऊहानमा रहेको नियोग र आफ्ना नागरिकलाई स्वदेश लैजाने समाचार प्रकाशमा आएको छ। त्यसैगरी फ्रान्स र जापानले पनि चार्टड विमानबाट आफ्ना नागरिकको उद्धार गर्ने जनाएको छ। सबैभन्दा प्रभावित हुपै प्रान्तको ऊहान शहरमा हालसम्म कोही विदेशीमा भाइरस संक्रमण भएको समाचार पुष्टि भएको छैन।

हालसम्म यस भाइरसबाट मृत्यु हुनेहरु सबै ऊहान शहरका हुन् र चीनका अरू शहरमा र विदेशमा भेटिएका संक्रमितहरु पनि अधिकांश ऊहान शहरबाट गएका रहेको पाइएको छ। हाल चीनका अरू धेरै शहरमा पनि संक्रमण फैलिन नदिन यातायातमा प्रतिबन्ध लगाइको छ।

यसै बीच नेपाली दूतावासले ऊहानमा रहेका नेपालीलाई लक्षित गरी सूचना आदान९प्रदान गर्न विच्याटमा समूह निर्माण गरेको छ। नियोग उपप्रमुख सुशिल कुमार लम्सालले दूतावासले चीन सरकार, हुपै प्रान्तीय सरकार र ऊहान नगरपालिकासँग नियमित सम्पर्क गरिरहेको र नेपाल सरकारलाई यस बारेमा जानकारी गराइरहेको जानकारी दिए। ‘खोइ पहिला यति ठूलो रूप लिन्छ भन्ने थाहा थिएन सामान्य नै थियो।ु ऊहानको सेन्ट्रल चाइना नर्मल यूनिभर्सिटीमा अध्ययनरत् प्रमिला देवकोटा भन्छिन्।‘हामी त जनवरी २०, २१ सम्म बिना मास्क नै हिँडदुल गरेका थियौं। त्यसकारण हामी सबै जोखिममा छौं भन्ने लाग्छ। कतै लक्षण देखिने हो कि भन्ने डर पनि छ।’

सतर्कता अपनाउन सुरूमा नै सूचना नपाएको प्रमिलाले बताइन्।छोरासहित परिवारसँगै बसिरहेकी प्रमिला भन्छिन्९ुतीन चार दिन भइसक्यो घरबाट बाहिर गएका छैनौं, घरभित्र बस्दा पनि तनाव झनै बढेको छ,’। उनी जसरी पनि नेपाल फर्कन चाहेकी छिन्।त्यहाँ रहेका अरू नेपालीहरु पनि तनाबमा रहेको उनले बताइन्। दूतावासले ऊहानमा रहेका १०० नेपाली विच्याट ग्रुपमा जोडिएको भने पनि हाल त्यहाँ ५०९५५ जना रहेको बुझिएको छ। कतिपय नेपालीहरू जनवरीको पहिलो हप्तातिर अध्ययन सत्रको समाप्तिसँगै नेपाल फर्केका थिए भने कतिपय चीनका अन्य शहर घुम्न निस्केका छन्। तर अहिले शहर सिल्ड गरिएकोले बाहिर रहेका पनि ऊहान फर्कन पाएका छैनन्।

ऊहानमा आवश्यक परेको खण्डमा जो कोही एपार्टमेन्ट बाहिर जान आउन सकिने र एपार्टमेन्ट, सुपरमार्केट ठाउँठाउँमा शरीरको तापक्रम परीक्षण गर्ने व्यवस्था गरिएको छ। सुपरमार्केटमा सागसब्जी, खाद्य सामग्री सुलभ रूपमा उपलब्ध रहेको बताइएको छ। निजी सवारी साधनमा समेत प्रतिबन्ध लगाइएको ऊहानमा हाल अत्यावश्यक र आपत्कालीन अवस्थाका लागि निशुल्क ट्याक्सीको व्यवस्था समेत गरिएको छ साथै सयौंको संख्यामा स्वयमसेवक पनि खटाएको छ।

अहिले चीनमावसन्त चाडको सात दिने लामो विदा छ। यो समय चिनियाँहरूको पारिवारिक पुर्नमिलनको समय हो । यस समय ठूलो संख्यामा चिनियाँहरु विदेश तथा स्वदेहका विभिन्न ठाउँ घुम्न निस्कने गर्छन्।भाइरस आतंकले चिनियाँहरूको वसन्त चाड र नयाँ वर्ष खल्लो बनेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भाइरसबाट प्रभाव नियन्त्रण गर्न स्वास्थ्यकर्मीसँगै सबै चिनियाँलाई युद्धस्तरमा लाग्न आह्वान गरेका छन्। चीनको वित्त मन्त्रालयले जनवरी २३ मा कोरोना भाइरस नियन्त्रणका लागि १४४ मिलियन डलर विनियोजन गरेको थियो। भाइरसबाट २००० भन्दा बढी सङ्क्रमित भइसकेका छन्। हालसम्म सङ्क्रमित ५६ को मृत्यु भइसकेको छ। हालसम्म तिब्बत स्वायत्त प्रदेशबाहेक चीनका बाकी सबै प्रान्त, शहर र प्रदेशहरूमा यस भाइरस सङ्क्रमितहरू भेटिएका छन्।

सन् २०१९ डिसम्बर ३१ मा पहिलो पटक ऊहानमा देखिएको यो भाइरसले २४ दिनमा १००० भन्दा बढीलाई सङ्क्रमित बनाएको थियो भने त्यसपछिको दुई दिनमा सङ्क्रमितको संख्या २००० नाघेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies