Khabar Dabali Logo
  February 20, Thu

आइतबार राति मोरङमा बम विष्फोट, तीन स्काभेटरमा क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेमा आइतबार राति बम विस्फोट भएको छ। निर्माणाधीन उर्लाबारी किशान चोक(रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विस्फोट गराएको मिक्लाजुङ –१ का वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ – उनकाअनुसार राति ९ बजेको समयमा बम विस्फोटको ठुलो आवाज सुनिएको र हेर्दै जाँदा स्काभेटर जलेको अवस्थामा भेटिएको थियो। सो ठाउँमा बम पनि फेला परेको छ। राति विस्फोट भएको र सोमबार बिहान बम भेटिएपछि स्थानीयबासी त्रसित भएको स्थानीय शिक्षक पर्वत राईले जानकारी दिए। यस विषयमा प्रहरीले अहिलेसम्म कुनै जानकारी गराएको छैन।

विस्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन। यद्यपि नेत्रविक्रम चन्द ुविप्लवु समूहले विस्फोट गराएको आशंका गरिएको छ। सो स्थानमा विप्लव समूहको गतिविधि हुने गरेको स्थानीयबासीले बताएका छन्।

उत्तरी मोरङ तत्कालीन सशस्त्र युद्धमा माओवादीको सैन्य तालिम हुने क्षेत्रका रुपमा समेत चिनिन्छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको छ। विस्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन।

माघ ६ गते, २०७६ - ०८:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन...   

काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन...   

नेकपा विवादः जनआन्दोेलन कि जनयुद्ध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका...   

मुद्दामा सेनापतिलाई सर्वाधिकार

काठमाडौं । ब्यारेकभित्रको कसुरमा सैनिकमाथि मुद्दा चलाउने अधिकार प्रधानसेनापतिमै रहेको फैसला सर्वोच्च...   

विद्युत् महसुल समायोजन प्रस्ताव, वर्षको अन्त्यसम्म नयाँ दर

काठमाडौं । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प्रक्रिया...   

बजेट कार्यान्वयन गर्न कर्मचारी अभाव

काठमाडौं । सरकारले विकासका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारी भने संघमा...   

१४ करोडमा खुलेको लघुवित्तको मुनाफा ६ महिनामै साढे २२ करोड

काठमाडौं  । गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा...   

भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य हुन्न

काठमाडौं । सार्वजनिक पदबाट अवकाश पाएको ५ वर्षभित्र मात्र भ्रष्टाचार मुद्दा चल्ने सरकारको प्रस्तावप्रति...   

‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

काठमाडौँ । कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका...   

चीनबाट फर्किएका सबै सकुशल

काठमाडौँ । ‘म डा.रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top