Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

राष्ट्रियसभा बैठक : ‘एमसिसी’का पक्ष विपक्षमा चर्काचर्की बहस

काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे । एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उनले आशङ्का व्यक्त गरे ।

सांसद कुँवरले मुलुकभित्रकै स्रोतसाधन परिचानल गर्न सके विकास गर्न बाह्य सहयोगका लागि हात फैलाउनु नपर्ने बताए । साथै उनले वर्तमान कम्युनिष्ट सरकारले द्वन्द्वपीडित घाइते र शहीद परिवारका समस्या शीघ्र सम्बोधन गर्नसमेत माग गरे ।

बैठकमा सांसद कोेमल वलीले ‘एमसीसी’का सम्बन्धमा सबै दल र ठूला नेताले विरोध नजनाएको उल्लेख गर्दै यस बारेमा सरकारले जनतालाई यथार्थ बुझाउन नसक्दा भ्रम फैलाउने काम भएको तर्क गरे । लामो समयदेखि विभिन्न मापदण्ड पालना गरेपछि मात्रै नेपालले यो सहयोग प्राप्त गर्न लागेको जानकारी गराउँदै उनले यस विषयमा दातृ निकायको दूतावसासमेतले एमसीसी कुनै पनि सैनिक गठबन्धनसँग सम्बन्धित नभएको भनी स्पष्ट पारिसकेको बताए ।

सांसद रमेशजङ्ग रायमाक्षीले लोकतान्त्रिक अधिकार हनन हुने विधेयकलाई पारित गर्दा विवेक प्रयोग गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार भए पनि प्रधानमन्त्री बस्ने निवासका रुपमा रहेको बालुवाटारमा नै अहिले सबै सरकारी कामकारवाही हुने र भेटघाट गर्ने गरिएको भन्दै आपत्ति प्रकट गरे । उनले गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई भाडामा दिएको विषयमा प्रश्न उठाए ।

सांसद प्रमिला कुमारीले मधेश आन्दोलनका शहीदको सम्मान गर्दै आन्दोलनका क्रममा बिना कसुर लगाइएका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे । डा बिमला राई पौडेलले परिवर्तनको शुरुआत घरबाटै भने झैँ सङ्घीय संसद् सचिवालयभित्र रहेका बेथिति अन्त्य गरी सुधार गर्न जरुरी रहेको बताए ।

सांसद मुक्ताकुमारी यादवले तराई क्षेत्रमा प्रशासनकै आडमा अपराध हुने गरेको अरोप लगाउँदै धनुषामा दिलीप भनिने ओपप्रकाश महतो, आफ्ना छोरा लोकेशकुमार यादव तथा कञ्चनपुरमा निर्मला पन्तलगायतको हत्या समेतमा प्रशासनको सहयोग रहेको टिप्पणी गरे । केही दिनअघि मात्र अवैैधरुपमा क्रसरको कारोवार गर्ने व्यक्तिले पर्यावरणको संरक्षणमा संलग्न रहँदै आएका दिलीपको टिप्परले किचेर हत्या गरेको बताउँदै हत्यारालाई कडा कारवाही र दिलीपलाई पर्यावरणीय शहीद घोषणा गर्न माग गरे ।

सांसद चक्रप्रसाद स्नेहीले कोटेश्वर–जडीबुटी सुरुङमार्ग र मनोहरा करिडोरका लागि बर्सेनी बजेट विनियोजन भएको तर काम शुरु नहुने गरेको बताए । साथै उनले यस्ता बजेट विनियोजन हुने र काम शुरु नहुने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामनारायण बिडारीले काठमाडौँमा कुनै बेला त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म रहेको विशाल टुडिँखेल दिनहुँ अतिक्रमण हुँदै गएकामा चिन्ता व्यक्त गरे । उनले टुडिखेलकाे केही भाग नेपाली सेना मातहत रहेको र केही भाग ठेकेदारले कब्जा गरेको भन्दै खाली गराउन सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies