Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सैनिक सम्मेलन घोराहीबाट शुरु

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो भूतपूर्व सैनिक सम्मेलन यही माघ १२ गते दाङको घोराहीबाट शुरु हुँदैछ ।

प्रत्येक प्रधानसेनापतिले आफ्नो कार्यकालमा सैनिक जीवनबाट अवकाश प्राप्त भूतपूर्व सैनिक सम्मेलन क्षेत्रगत रुपमा एकपटक गर्दै आएका छन्। रुकुम, सल्यान, दाङ, प्यूठान र रोल्पा जिल्लामा स्थायी बसोबास गर्ने भूपूलाई लक्षित गरी माघ १२ गते घोराही ब्यारेक दाङमा यो शृङ्खलाको पहिलो भूपू सम्मेलन हुँदैछ ।

उक्त सम्मेलनका क्रममा भूपूलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

सम्मेलनमा सैनिक नेतृत्वसँग भूपूले आफूलाई परेको पीरमर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने विषयमा छलफल हुनेछ । यसखाले सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठी पल्टनियासँगको अभूतपूर्व जमघटका रुपमा लिने गर्दछन् ।

सम्मेलनको मुख्य समारोहस्थलमा उमेरले आठ दशक पार गरेका भूपूले निकै जोस र जाँगरका साथ पिटी परेड प्रस्तुत गर्नेछन् । नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी बोर्डको संयोकत्वमा मुलुकका सातै प्रदेशमा यसखाले सम्मेलन हुनेछ । सम्मेलनका क्रममा भूपू र तिनका आश्रित परिवार एवम् एकल महिलाको क्षेत्रगतरुपमा ठूलो सङ्ख्यामा उपस्थित रहनेछ ।

विगतमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० साल माघबाट पुनः आरम्भ गरिएको थियो । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूको सङ्ख्या ७० हजार छ । नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा भूपू सम्मेलन हुँदै आएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा नेपाली सेनाको संयोजनमा भूपूलाई सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको छ । उक्त कर्जा लिएर लघुवित्त कार्यक्रम सञ्चालन गर्ने भूपू र आश्रित परिवारको सङ्ख्या १० हजार पुगिसकेको छ ।

प्रदेश नं ५ मा घोराहीपछि भूपूसैनिक सम्मेलन फागुन १४ गते बुटवल र फागुन १५ गते नेपालगञ्जमा हुनेछ । यस्तै माघ १३ गते कर्णाली प्रदेशको सुर्खेत र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । यसैगरी गण्डकी प्रदेशमा आगामी चैत १७ गते तनहुँको खैरेनीटार र १८ गते पोखरामा हुने नेपाली सेनाले जनाएको छ ।

नारायण न्यौपाने, रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies