Khabar Dabali Logo
  August 10, Mon

कालिकोटमा विद्यालयको अनुगमन मोबाइलबाटै हुने

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो ।

गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी ‘रिभुलेसन टेक्लोलोजी’को उत्पादन स्कूल डायरीमार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त प्रविधि जडान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए । “पहिलोपटक गाउँपालिकाका दुई विद्यालयमा यो प्रविधि जडान गरिएको छ”, उनले भने, “प्रविधि सबै विद्यालयमा सञ्चालन गरिने छ ।”

विद्युतीय सफ्टवेयरको प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने अध्यक्ष सेजुवालले बताए । “अनुगमन प्रभावकारी नहुँदा विद्यालयको व्यवस्थापन प्रभावकारी हुन नसकेको हो”, उनले भने, “अब प्रविधिको प्रयोगले अनुगमनमा समेत सहज हुने छ ।” शिक्षकलाई नियमित विद्यालयमा आउन विद्युतीय माध्यम सजिलो हुने उनले बताए ।

विकट क्षेत्रका लागि सफ्टवेयर प्रभावकारी हुने रिभोलुसन टेक्नोलोजीका अध्यक्ष विक्रम तिवारींले बताए । “विकट क्षेत्रबाट नै प्रविधिको प्रयोग गरी शिक्षामा गुणस्तर ल्याउन गाउँपालिकासँग साझेदारी गरिएको छ”, उनले भने, “बढी समस्या हुन्छ, त्यहाँ प्रविधिको जरुरी पनि हुन्छ ।”

पुस २९ गते, २०७६ - १३:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । संघीय राजधानी काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय...   

महिला स्वास्थ्यकर्मी कुटिए, कुटपिट गर्ने दुई युवक फरार

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ...   

काठमाडौंको कोटेश्वरमा १७ जनालाई कोरोना पुष्टि

काठमाडौं । कोरोना संक्रमित बढेपछि काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको असर्फी टोल सिल गरिएको छ । साउन...   

शनिबार वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

वीरगञ्ज । शनिबार वीरगञ्जमा मृत्यु भएकी ४५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकी...   
यसरी नयाँ तरिकाबाट उपभोक्ता ठग्दै भाटभटेनी

यसरी नयाँ तरिकाबाट उपभोक्ता ठग्दै भाटभटेनी

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने...   
आजदेखि धनगढी ‘लकडाउन’

आजदेखि धनगढी ‘लकडाउन’

लहान । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा...   

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना...   

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९...   
पन्ध्र वर्षीया किशोरीसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

पन्ध्र वर्षीया किशोरीसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई...   

बुद्धबारेको भारतीय विदेशमन्त्रीको अभिव्यक्ति तथ्यहीन : नेता नेपाल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top