Khabar Dabali Logo
  July 7, Tue

सीमा अतिक्रमण हुन नदिएको सामुदायिक विद्यालय तीन दशकदेखि ऐलानी जग्गामा

झापा । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ (हाल भद्रपुर–३) मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन दशकदेखि ऐलानी जग्गामै रहेको छ ।

भवन र खेल मैदान गरी एक बिघा एक कट्ठा जग्गामा विद्यालय रहेको प्रधानाध्यापक चमकलाल राजवंशीले बताए । खेल मैदानको बीचमा भारतले सीमा स्तम्भ गाडेको बताउँदै उहाँले विद्यालयकै कारण सो ठाउँको नेपाली भूमि अतिक्रमणबाट जोगिएको सुनाए । विसं २०४४ सालमा त्यो क्षेत्रका अधिकांश जग्गा ऐलानी थियो । स्थानीयवासीले सो क्षेत्रमा खेती गर्ने गर्थे । त्यस क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएपछि कैलाश राई र चिरेन राजवंशीको पहलमा विद्यालय स्थापना भएको हो ।

विसं। २०४६ सालमा बहुदल आएपछि बनेको सुकुम्वासी आयोगले जोतभोगका आधारमा त्यो ठाउँको जग्गाको लालपूर्जा वितरण गरेको स्थानीयवासी अनय राजवंशीले बताउछन् । विद्यालयको सो जग्गाको धनीपूर्जा मन्त्रालयले नै निर्णय गर्नुपर्ने भन्दै नदिएको विद्यालयका शिक्षक बताउँछन् । सो विद्यालयले कित्ता नं ४१७, २२९, २३०, २३७, २३९ र २४३ भोगचलन गरिरहेको छ ।

साविक महेशपुर गाविसले पटक–पटक जिल्ला शिक्षा कार्यालयलाई सो जग्गाका लागि सिफारिस गरे पनि विद्यालयले उपयोग गरेको जग्गाको धनीपूर्जा पाउन सकेको छैन । विद्यालयको जग्गा कुन–कुन हो भन्ने छुट्याउन नसक्दा भौतिक संरचना निर्माणमा समस्या भएको प्रधानाध्यापक राजवंशी बताउछन् । हाल विद्यालयले धनीपूर्जाका लागि स्थानीय निकायसँग पहल गरिरहेको उनले सुनाए ।

विद्यालयको बाल कक्षामा २४ जना, कक्षा–१ मा २१, कक्षा–२ मा १५, कक्षा–३ मा १५, कक्षा–४ मा १०, कक्षा–५ मा १०, कक्षा–६ मा १४ र कक्षा–७ मा १५ गरी १२४ विद्यार्थी अध्ययनरत छन् ।

राजवंशी, गणेश, कुर्मी र सन्थालको बढी बसोबास रहेको डोलो गाउँ, भाङ्बारी, धिरेन टोल र कृष्णे गाउँका बालबालिका अध्ययन गर्ने यो विद्यालय मेचीपारिको एउटै मात्र विद्यालय हो । सो क्षेत्रका बालबालिकाले नेपाली भाषा राम्रोसँग नबुझ्ने भएका कारण राजवंशी भाषामा बुझाउनुपर्छ । “विद्यार्थीलाई जसरी पनि बुझाउनुपर्छ”, प्रधानाध्यापक राजवंशीले भने, “सबैले राजवंशी भाषा बुझ्ने भएकाले त्यही भाषामा भए पनि बुझाउने गरेका छौँ ।”

विद्यालयको आन्तरिक स्रोत नभएको बताउँदै उनले भने, “विद्युत् महसुल बुझाउन पनि अभिभावकसँगै पैसा माग्नुपर्छ ।” विद्यालयमा खानेपानीसमेतको समस्या भएको बताउँदै उहाँले स्थानीय निकायले विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

विसं। २०७२ सालदेखि विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गर्दै आएको छ । अहिले जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छ वटा र अन्य दाताले दिएका चार वटा गरी विद्यालयमा १० वटा कम्प्युटर छन् । विद्यालयमा सात जना शिक्षक छन् । सबैभन्दा बढी विद्यार्थी भएको बाल कक्षामा एक जना मात्र शिक्षक हुँदा समस्या भएको छ ।

मंसिर २२ गते, २०७६ - १२:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने बाध्यता जस्ताको तस्तै !

धनगढी। सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात् रजस्वला भएमा किशोरीले...   

सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न अनुरोध

काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान...   

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो । सोमबार...   

पहिरोको कारण बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ...   

ओली–प्रचण्डबीच आजपनि ‘वान टु वान’ वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल...   

हिलाम्मे सडक : हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर बनेन पुल, यात्रुलाई सकस

सुर्खेत । कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै...   

कटेजमा ताल्चा : बैंकमा ऋण, तनावमा पर्यटन व्यवसायी

झापा । झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन् । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा...   

सिन्धुपाल्चोकको जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध...   

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

पेरिस। पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको...   

किस्ता भुक्तानीका लागि ताकेता गरेपछि यातायात व्यवसायीले बैँकमा बुझाए गाडीको चाबी

कास्की । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top