Khabar Dabali Logo
  July 8, Wed

गल्फको दोस्रो दिन नेपालका सुवास तामाङकाे अग्रता

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता लिएका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा बुधबार सुवासले ६ अन्डर ६६ खेले । ३६ होलको समाप्तिसँगै सुवासको कूल सात अन्डर एक सय ३७ स्कोर छ । दोस्रो स्थानमा नेपालकै निरज तामाङ छन् । निरजले बुधबार तीन अन्डर ६९ खेले । निरजको कूल तीन अन्डर एक सय ४१ स्कोर छ ।

पहिलो दिन शीर्ष स्थानमा रहेका सुक्रबहादुर राई तेस्रो स्थानमा झरेका छन् । सुक्रले बुधबार तीन ओभर ७५ खेले । सुक्रको कूल एक अन्डर एक सय ४३ स्कोर छ । सुक्रसँगै श्रीलंकाका चनका परेरा र एन रंगाको पनि समान एक अन्डर एक सय ४३ स्कोर बनाएका छन् । पुरुषको टिम स्पर्धामा पनि नेपाल अगाडी नै छ । नेपाली टिमको १४ अन्डर चार सय १८ स्कोर छ । दोस्रो स्थानमा रहेको श्रीलंकाको इभनपार चार सय ३२ स्कोर र तेस्रो स्थानमा रहेको बंगलादेशको दुई ओभर चार सय ३४ स्कोर छ ।

यसैगरी महिला एकलमा श्रीलंकाकी ग्रेस यातावाराले आफ्नो अग्रता कायम राखेकी छन् । बुधबार चार ओभर ७६ खेलेकी ग्रेसको कूल एक ओभर एक सय ४५ स्कोर छ । दोस्रो स्थानमा रकेही श्रीलंकाकै थुहासिनी सेल्भाथानामको कूल १६ ओभर एक सय ६० स्कोर छ । दोस्रो दिन थुहासिनीले आठ ओभर ८० खेलिन् । तेस्रो स्थानमा रहेकी बंगलादेशकी सोनिया अख्तरको कूल १८ ओभर एक सय ६२ स्कोर छ । महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडि छ । टिम स्पर्धामा श्रीलंकाले १७ ओभर तीनसय पाँच स्कोर खेलेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको ४१ ओभर तीनसय २९ स्कोर छ । तेस्रो स्थानमा रहेको नेपालको ५४ ओभर तीनसय ४२ स्कोर छ ।

मंसिर १९ गते, २०७६ - ०८:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफन्तले मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका बिरामी निको भएर फर्किए

काठमाडौं । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन...   

निजगढ विमानस्थल निर्माणको प्रस्ताव पेस गर्न जुरिचलाई असोज दोस्रो सातासम्मको म्याद

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चासो देखाएको स्विट्जरल्यान्डको...   

गरीबका लागि विश्व बैंकले दिएको २९ अर्ब अनुदानमा चरम दुरुपयोग

प्रशासनिक खर्चमा सकियो १० अर्ब, लगानी भएको १९ अर्बको जवाफदेही कोही छैन काठमाडौं । गरिबीले पिल्सिएका...   
सर्लाहीको धनकौल गोलीकाण्ड : दोषीलाई कारबाही गर्न माग गर्दै पीडित गृह मन्त्रालयमा

सर्लाहीको धनकौल गोलीकाण्ड : दोषीलाई कारबाही गर्न माग गर्दै पीडित गृह मन्त्रालयमा

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा भएको गोलीकाण्डका पीडित काठमाडौं आइपुगेका छन् । आजको नयाँ...   

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन, यस्तो छ दुई अध्यक्षको अडान

काठमाडौं । सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी...   
अन्ततः गिरीको सांसद पद गुम्ने, के हुन्छ प्रक्रिया ?

अन्ततः गिरीको सांसद पद गुम्ने, के हुन्छ प्रक्रिया ?

काठमाडौं। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै सांसदलाई दलबाट निष्कासन गरिए उसको पद गुम्ने व्यवस्था...   

रुकुम घटनामा जोडिएका किशोर–किशोरीलाई बाल सुधार गृहमा पठाउने आदेश कानुनसम्मत् : सर्वोच्च

काठमाडौं। सर्वोच्च अदालतले रुकुमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका...   

प्रहरी प्रमुखमा विवादरहित बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक ९आइजिपी० पदमा अतिरिक्त महानिरीक्षक ९एआइजी० शैलेश...   

ओली–प्रचण्ड वार्तालाप : सुरुमा भनाभन, छुट्दा मत्थर, यस्तो भयो संवाद

काठमाडौं । सत्तासीन नेकपामा शक्ति–संघर्ष साम्य भएको छैन । सहमतिको बिन्दु खोज्न आइतबार दुई अध्यक्ष...   

नेकपाभित्रको पार्टी विवाद बल्झिँदा चिनियाँ राजदूत सक्रिय हुदैँ

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top