Khabar Dabali Logo
  January 28, Tue

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना, पहिलो हप्तामा पाँच ग्राहकले जिते दुई लाख

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशालीमध्येका दुई ग्राहकहरुलाई बिहीबार (मंसिर १२) जनही रु २ लाख नगद पुरस्कार वितरण गरेको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालनगर्दै आएको छ ।

यस योजना अन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकहरुलाई मध्ये बिहीबार दुई ग्राहकले जनही रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयीग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् ।

पहिलो हप्ताका पाँच विजयी मध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफुले पाएको नगद रु २ लाख पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराकामनोज कुमार यादवले पनि रु २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् ।

“एनसेललाई धेरै–धेरै धन्यवाद । यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु,” पुरस्कार ग्रहण गरी सकेपछि खुसी हुँदै मोतिसराले भनिन् । त्यस्तैगरी बाराका मनोजले यो रकम आफ्नो बच्चाको शिक्षाका लागिल गानी गर्ने बताए ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नकालागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालनभईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशालीग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले रु १०० वात्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेशकोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीनविषेश कोड नम्बरहरु प्राप्तगर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमापाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्तहुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

मंसिर १३ गते, २०७६ - ११:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीको आग्रह : सहमतिबाटै संसद चलाउनुस्, पूर्ण सहयोग रहनेछ

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सहमतिबाटै संसद चलाउन नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटालाई...   

निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी

काठमाडौं । निर्भया हत्या मुद्दाका दोषीलाई दिइने फाँसीको प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । भारतीय...   
‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

काठमाडाैं । पार्टी एकता भएको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रिय समिति बैठक माघ १५ गते बस्दै...   
बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट...   
सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता...   
एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

काठमाडौं । सि.जी.इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एल.जी.को ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा...   

एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न हुँदैन् : साझा पार्टी

काठमाडौं । साझा पार्टीले एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न नहुने बताएको छ । एमसीसी सम्झौताबारे...   
युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

काठमाडौं । यूरोपेली संघका १५० भन्दा बढि सांसदले भारतीय नागरिकता संशोधन कानूनको विरोधमा प्रस्ताव...   

निर्भया हत्या मुद्दा : सर्वौच्चले स्वीकार्यो दोषी मुकेशको निवेदन, फाँसी रोकिन सक्ने

काठमाडौं । निर्भया हत्या मुद्दाका ४ दोषीमध्येका एक मुकेश सिंहले गरेको निवेदन भारतको सर्वौच्च अदालतले...   
इसेवा ११ वर्षमा : ३० लाखभन्दा बढिले खोले खाता

इसेवा ११ वर्षमा : ३० लाखभन्दा बढिले खोले खाता

काठमाडौं । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top