काठमाडौं । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौंमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन् ।
नेपाल र युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौँमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिइन् ।
बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली सङ्घमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताइन् । राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यसनिम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताउँदै सङ्घमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिइन् ।
राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतङ्कवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उहाँले बन्दी बनाइएका विपिन जोशी र उहाँको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिन् ।
उनले विश्वव्यापी रूपमा सङ्घ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताइन् ।राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार सङ्घले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताइन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: