Khabar Dabali Logo
  January 23, Thu

मधुमेह रोगबाट कसरी जोगिने ? जान्नुहोस् मधुमेहबाट जोगीने पाँच उपाय

काठमाडौं । रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह अर्थात चिनीरोग भएको भनिन्छ। मानिसको शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।

यसको उत्पादनमा कम भयो भने या हर्मोनले राम्रोसँग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि मधुमेहबाट प्रभावितहरुको प्रतिशत त्यहि हाराहारीमा रहेको अनुमान छ ।

रोग लागेको कसरी थापा पाउने

मधुमेह लाग्दा मानिसको शरिरमा केहि परिवर्तनहरु देखा पर्न थाल्दछन् । सामान्य मानिसको शरिरमा देखिने केहि अस्वभाविक परिवर्तन पनि मधुमेहको संकेत हुन सक्दछ । जानौं मधुमेह रोग लाग्दा कस्ता लक्षण देखिन्छन् :

१. खाना रुचेर पनि तौल घटदै जाने ।

२. पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।

३. मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।

४. भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।

५. कमजोरी हुने र खुट्टाहरु झम्झमाउने ।

६. खुट्टाहरु पोल्ने ।

७. पिसावमा कमिलाहरु देखिने ।

८.घाउहरु छिटो निको नहुने ।

कसरी बच्ने ? यी हुन् ५ उपाय

मधुमेहको उपचार सम्भव छैन । यो रोग लागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाँकि रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः

१. हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने।

२. मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने।

३. सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, (आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।

४. व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।

५.दैनिक कम्तिमा आधा घण्टा हिड्ने ।

(एजेन्सीको सहयोगमा)

कात्तिक २८ गते, २०७६ - १३:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

काठमाडौं । प्रदेश नम्बर २ बाट महिलातर्फ राष्ट्रिय सभा सदस्यमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।नेकपा–राजपा...   

नेकपा प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उठेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता...   
गजल  : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

गजल : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

सच्चा मनले माया गर्दा पनि गजल बन्छकसैको यादमा आँसु झर्दा पनि गजल बन्छ ।।नभनेर उस्लाइ उस्कै यादमा...   
डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

काठमाडौं । डिस होम नेपाल अग्रणी डिटिएच सेवा प्रदायक कम्पनी हो । जसले थुपै्र डिजिटल एचडी च्यानलहरु...   

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । जिल्ला अदालत पोखराले...   
सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको...   
साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता...   
पोस्टर पनि चोर्छन् हिन्दी फिल्मकर्मी, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

पोस्टर पनि चोर्छन् हिन्दी फिल्मकर्मी, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

काठमाडौं । फिल्मको लागि उसको पोस्टर विशेष हुन्छ । पोस्टरमा फिल्मको नाम मात्रै नभएर फिल्मको कथा पनि...   
निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

काठमाडौं । चर्चित भारतीय अभिनेत्री कंगना रनौतले निर्भया हत्याका दोषीलाई चोकमा फाँसी दिन माग गरेकी...   
असममा माओवादीसहित विभिन्न सशस्त्र संगठनका ६४४ जनाले गरे सामुहिक आत्मसमर्पण

असममा माओवादीसहित विभिन्न सशस्त्र संगठनका ६४४ जनाले गरे सामुहिक आत्मसमर्पण

काठमाडौं । भारतको अमसमा सरकारद्वारा प्रतिबन्धित विभिन्न ८ संगठनका ६४४ जना सशस्त्र व्यक्तिले हतियारसहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top