Khabar Dabali Logo
  January 24, Fri

नेपाल राज्यविरुद्ध जासुस गर्ने विदेशी निगरानीमा

काठमाडौं । कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरेर गराएको निगरानी राखिने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले विशेष व्यवस्था गर्न लागेको हो । नेपाल विशेष सेवा गठनसम्बन्धी नयाँ विधेयक सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको छ ।

प्रतिगुप्तचरी कार्यका रूपमा सरकारले यस्ता गतिविधिको निगरानीमा राख्ने प्रस्तावित विधेयक संसद्मा प्रस्तुत गरेको हो । सरकारले प्रतिगुप्तचरीसम्बन्धी कामकारबाही गर्दा आवश्यकताअनुसार रक्षात्मक, प्रतिरक्षात्मक र प्रतिकारात्मक कार्य सञ्चालन गर्ने छ ।

सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको विधेयकमा भनिएको छ, “विभागले कुनै सङ्घसंस्था, समूह वा व्यक्तिले नेपाल राज्यविरुद्ध वा राष्ट्रिय सुरक्षा, सरोकार वा चासोसँग सम्बन्धित विषयमा जासुसी गतिविधि गरे गराएको वा गराउने सम्भावना रहेको विषयमा सूचना सङ्कलन गर्न वा गराउन सक्ने छ । प्रतिगुप्तचरीसम्बन्धी कार्य गर्नका लागि विभाग मातहत एक विशिष्टीकृत कार्यालय रहने छ । ”

कात्तिक २५ गते, २०७६ - ०७:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोनको नेपाली दूतावास भवन : बेच्ने जिम्मा राजदूतलाई

बोनको नेपाली दूतावास भवन : बेच्ने जिम्मा राजदूतलाई

काठमाडौं । सरकारले तत्कालीन पश्चिम जर्मनीको राजधानी बोनमा भग्नावशेषको रूपमा परिणत भइसकेको नेपाली...   

सरकारी अस्पतालप्रति सांसदकै अविश्वास, निजी र विदेश धाउछन्

काठमाडौं । सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद निजी अस्पतालमा धाउने...   

विप्लव समूहको सूक्ष्म निगरानी गर्दै सरकार

काठमाडौं । पछिल्ला दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा असुली तीव्र बनाएको छ। चन्दा...   

लागुऔषध मुद्दामा परेर फरार भएका प्रतिवादी पक्राउ

दमौली । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ...   
चीनदेखि अमेरिकासम्म कोरोना भाइरस, नेपालमा पनि त्रास

चीनदेखि अमेरिकासम्म कोरोना भाइरस, नेपालमा पनि त्रास

बेइजिङ । चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । जापान, थाइल्याण्ड,...   

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब व्याजसहित फिर्ता लिने

काठमाडौं । सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता...   

स्थानीय तहमा कमाइभन्दा धेरै कर

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिकाकी चन्द्रकला श्रेष्ठका नाममा रहेको साढे ९ रोपनी जमिनको एकीकृत...   

अतिक्रमित जग्गा जति फिर्ता गरिँदै सरकार

काठमाडौँ  । सरकारले ९ ठाउँको सरकारी तथा सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गरेकाविरुद्ध...   

ठूला जलविद्युत् आयोजनामा सरकारको प्राथमिकता

काभ्रे । ऊर्जामन्त्री वर्षमान पुनले सरकारले अब ठूला जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिने...   

उखु किसानको पैसा नतिर्ने तीन उद्योगको बैंक खाता रोक्का

काठमाडौं । सरकारले किसानलाई उखुको रकम भुक्तानी नदिने तीन चिनी उद्योगका बैंक खाता रोक्का गर्ने निर्णय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top