Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जाजरकाेटबाँसी भन्छन् - पहिले पानी अनि भोट

जाजरकोट । छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षको भए । उनले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो ।

प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर बोकेर ल्याएको पानी पिउँदै यहाँ पानीको व्यवस्था गर्ने वचन दिएका थिए । नेताका ती वचन कहिल्यै पूरा नभएपछि आजभोलि जसले खानेपानीको लागि पहल गर्छु भने पनि बद्री रानालाई आश नै लाग्न छाडिसकेको छ । रानाले भने, “सबैले काम गर्छौं भने, तर अहिलेसम्म कसैले केही गरेनन्, हाम्रो पानीको सहारा यही मुख्य भेरी नदी हो, आश मरिसकेको छ, ।”

उनीजस्तै अर्का स्थानीयवासी सविन राना भन्छन्, “भेरी नदीबाट पानी बोकेर पिउन थालेको आफू जान्ने भएदेखि हो, मेरो हजुरबाले पनि यहीको पानी बोकेर दैनिकी चलाएका हुन्, हामी पनि त्यही गर्छौं, ।” दैनिक बिहानदेखि बेलुकासम्म पानी बोक्न नै समय जाने गरेको नौ वर्षीया बालिका जानकी राना बताउँछिन् । विद्यालय पढ्न गएपछि मात्र पानी बोक्न छुट्छ, नत्र दैनिक पानी बोक्नुपर्ने हाम्रो बाध्यता भएको जानकीको भनाइ छ ।

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा र प्रदेशसभा सदस्य करवीर शाही, हालका वडाध्यक्ष मोतीलाल खत्रीले चुनाव लड्ने समयमा पानी ल्याउँछु भनेर भोट लिएको भए पनि अहिलेसम्म त्यो वाचा पूरा नगरेको स्थानीयवासीको भनाइ छ । गाउँलेको एउटै स्वर छ–‘‘अब जसले पहिला पानी दिन्छ, उसैलाई भोट दिन्छौं । पहिले पानी अनि भोट ।’’ सांसद, मन्त्रीसम्म हिँड्ने त्यो बाटोमा पानीको समस्याबारेमा जानकार हुँदाहुँदै पनि उधारो आसपास मात्र दिने गरेको स्थानीयवासीको दुखेसो छ ।

हिउँद् याममा भेरी नदीमा पानी सफा देखिने भएकाले पिउन खासै समस्या हुँदैन, वर्षायाममा धमिलो पानी पिउँदा वर्षेनी यहाँका गाउँले पानीजन्य रोगले बिरामी हुने गरेको स्थानीयवासी झुपे रानाले बताउछन् । बत्तीस घरधुरी बस्ने यो ठाउँमा सबैभन्दा ठूलो समस्या भनेकै पानीको रहेको छ ।

स्थानीय पिपलतरा खोलाबाट पानी ल्याएर पिउनका लागि आफूहरुसँग बजेट नभएकाले समस्या भएको झुपेले बताए । लाखौँ रकम बजेट कहाँबाट ल्याएर हाम्रो बस्तीमा पानी खाउँ ? झुपेले प्रश्न गरे । खानेपानीकै समस्या हुने यस गाउँमा शौचालय, पशु चौपायलाई कसरी पानी उपलब्ध गराउन सकिन्छ ? स्थानीयवासीको एकै प्रश्न रहेको छ । पिउने पानीको अभावले गदाए यहाँ कृषि र पशुपालन पनि राम्रो हुन सकेको छैन ।

पानीको पिरलो गर्दै धेरै पिँढीको मृत्यु भइसकेको स्थानीयवासी बताउँछन् । धेरै समयसम्म भेरीको पानी खाएर यहाँ बस्न नसकिने भन्दै स्थानीय रनबहादुर राना भन्छन्, “जग्गा, जमीन, घर सबै छ तर पानी छैन, बाध्यताले पानीकै लागि यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्दै छ ।” अब अर्को चुनावसम्म पानी नदिने नेतालाई भोट नदिनेसम्म हुनसक्ने स्थानीयवासी बताउँछन् ।

यता छेडागाड नगरपालिकाका निर्मित प्रशासकीय अधिकृत झलक केसीले सो ठाउँमा छिट्टै खानेपानीको व्यवस्थापन गरिने बताए । यहाँले भने, “१४ किलोमिटर टाढाबाट पानी ल्याउनुपर्ने तर जनसङ्ख्या कम भएकाले समस्य हुँदै आएको थियो अब हामी हेल्भिटास नेपालको सहकार्यमा खार गाउँमा पानी ल्याउने भनेर प्राविधिक डिजाइनको काम सकिएको छ, अन्य काम छिट्टै हुनेछ ।”

खर्च बढी लाग्ने जनसङ्ख्या कम भएकाले अहिलेसम्म खार गाउँमा कसैको पनि खानेपानीको योजना प्राथमिकतामा नपारेको उनले बताए। अब स्थानीय सरकारले सहकार्यको माध्यमबाट सो गाउँमा पानीको व्यवस्थापन गर्ने उनले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies