Khabar Dabali Logo
  February 18, Tue

कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

काठमाडौं । गत चैत्रदेखि भारतीय खसीबोकाको आयात रोकिएको छ । सरकारले खसीबोका आयातमा क्वारेन्टिनमा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्न अनिवार्य गरेपछि खसीबोका आयात बन्द भएको हो ।

पशु सेवा विभागले गत फागुनमा सीमा क्षेत्रमा रहेका क्वारेन्टिनलाई पशु स्वस्थ रहेको प्रमाणपत्र पेस नगरेसम्म आयात अनुमति नदिन निर्देशन गरेको छ । क्वारेन्टिन ऐन कार्यान्वयनमा ल्याएसँगै भारतीय खसीबोका आयात रोकिएको हो । क्वारेन्टिन ऐनमा आयातकर्ताले सम्बन्धित मुलुकबाट आयात हुने पशु स्वस्थ्य भएको प्रमाण–पत्र अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ ।

नेपालमा वार्षिक ४० लाख हाराहारी खसीबोका खपत हुन्छ। राजधानीमा खपत हुने खसीबोकाको करिब ७५ प्रतिशत आयात भारतबाट मात्रै हुने गरेको बताईन्छ । भारतबाट वार्षिक चार लाखभन्दा बढि खसीबोका आयात हुने गरेको सरकारी तथ्यांक छ ।

सरकारले आयात रोकेसँगै मासुको मुल्य भने महँगिएको छ । आयात रोकिएसँगै नेपाली बजारमा प्रतिकिलो हजारदेखि एक हजार ५० रुपैयाँमा बिक्री भइरहेको खसीको मासुलाई अहिले ११ सय ५० देखि १२ सय रुपैयाँ पर्छ।

नेपालगन्जको रुपैडिहा, कपिलवस्तुको कृष्णनगर, भैरहवा–सुनौली नाकाबाट धेरै खसीबोका आयात हुन गर्दथ्यो ।

विदेशबाट रोगी, मरेका खसीबोकासमेत आयात हुने गरेको भन्दै उपभोक्ता गुनासो गर्दै आएका थिए । भारतीय खसीबोका आयात बन्द भएसँगै नेपाली कृषकलाई भने फाईदा भएको छ । राम्रो बजार मुल्य नपाउनु र प्रतिस्पर्धा गर्न नसकिरहेका बेला भारतीय खसीबोका आयात रोकिएसँगै नेपाली खसीबोकाले बजार पाएका हुन् ।

सम्बन्धित समाचारहरू

धुलो दुध आयातमाथिको प्रतिबन्ध हटाइन्न : कृषिमन्त्री खनाल

साउन ३ गते, २०७६ - १२:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महराको रिहाईप्रति रोशनी शाही खुसी, न्याय पाएको प्रतिक्रिया

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराको रिहाइप्रति रोशनी शाहीले खुसी व्यक्त गरेकी छिन् ।...   
महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जेलबाट छुट्दा राष्ट्रियसहित स्वागत गरिएको छ । जिल्ला...   
प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’...   
ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

सकारात्मक पक्ष केपि शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै चीनसँग भएको समझदारीबाट मुलुक नयाँ कोर्षमा...   
विद्युतीय वितरण प्रणाली भूमिगत हुँदैमा शहरको सौन्दर्य कायम रहला त सरकार ?

विद्युतीय वितरण प्रणाली भूमिगत हुँदैमा शहरको सौन्दर्य कायम रहला त सरकार ?

काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दर्यता कायम राख्न र विद्युतीय प्रणालीलाई सुरक्षीत बनाउने उदेश्यकासाथ ...   

बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ, महरा निर्दाेष ठहर

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । जिल्ला...   
हाेलीमा ‘होली फेशन फेस्ट’ हुने, अडिसन फाल्गुन १० गते बोकाभातमा

हाेलीमा ‘होली फेशन फेस्ट’ हुने, अडिसन फाल्गुन १० गते बोकाभातमा

काठमाडौं । होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित...   
निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक...   

सञ्चारमाध्यमप्रति ओलीको कटाक्ष, ‘दया लाग्छ, देशविकास हुन लाग्दा पिर किन परेको हो ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सञ्चारमाध्यमप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।...   
भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुट पाएपछि ग्राहककाे भीड बढ्दै

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुट पाएपछि ग्राहककाे भीड बढ्दै

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा उपभोक्ताको भिड बढ्दै गएको छ । मेलाकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top