Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सामाजिक अपराध बढ्दै- प्रवक्ता सुवेदी

चितवन । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय देशमा सङ्गठित अपराध घट्दै गएको तर सामाजिक अपराध बढ्दै गएको बताएका छन् । विगतमा प्रहरीलाई साङ्गठनिक अपराध नियन्त्रण गर्न चुनौती भए पनि हाल आएर सामाजिक अपराध न्यूनीकरण गर्न चुनौती थपिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा प्रवक्ता सुवेदीले प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न नसक्ने बताए । यसमा प्रहरीको मात्रै नभई स्थानीय सरकार, सामाजिक संस्था एवं नागरिककोसमेत उत्तिकै दायित्व रहेको उनको भनाइ थियो । \'विगतमा सङ्गठित अपराध सक्रिय थियो, अहिले यी अपराध शून्यमा झरेको छ\', उनले भने । विगत केही समयदेखि सामाजिक विकृति, विसङ्गतिका कारण समाजमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि भएको उनले औँल्याए । सङ्गठित अपराध नियन्त्रण गर्न प्रहरी सफल भएको भन्दै उनले गुण्डागर्दी गर्ने अधिकांशको प्रहरी मुठभेड (इन्काउण्टर)मा मृत्यु भएको र ४०० बढी कारागारमा रहेको जानकारी दिए। उनले सबैभन्दा बढी बलात्कारका घटना १५ वर्ष मुनिका बालिकामा हुने गरेको बताए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भयरहित समाज निर्माणका लागि प्रहरीसँग समन्वय गर्न आवश्यक रहेको बताए । स्थानीय तहमा पनि न्यायिक समितिमा विभिन्न मुद्दा आउनेक्रम बढेको भन्दै भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले आगामी दिनमा प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। महिला अधिकारकर्मी, नागरिक समाजका अगुवाले प्रहरीलाई साथ दिने प्रतिबद्धता दिँदै प्रहरीले बलात्कार, हिंसा, घटनामा अझ सक्रियता बढाउन सुझाव दिएका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies