Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जलवायु सम्मेलनसँगै गुफाडाँडामा :आन्तरिक पर्यटकको घुइँचो

सिन्धुपाल्चोक । राष्ट्रपतिदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारभ्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित गुफाडाँडामा सोमबार आयोजित उक्त सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा मन्त्री, पूर्वमन्त्री, प्रदेश नं–३ का मन्त्री, सांसद, सतहत्तर जिल्लाका जिसस प्रमुख, उपप्रमुख, सिन्धपाल्चोकका सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित तीन हजारभन्दा बढी स्थानीयवासीको सहभागिता थियो । उक्त नगरपालिकाले गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले त्यहाँ चिया बगानलगायत अन्य पूर्वाधारका योजना बनाउन स्थानीय तथा सरोकारवालासँग छलफल र विभिन्न विज्ञमार्फत सम्भाव्यता अध्ययन समेत गराइरहेको छ । उक्त सम्मेलन गुफाडाँडामै आयोजना भएकाले यो ठाउँकोे पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय क्याउलेथाना आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरप दोर्जे तामाङ विश्वाश व्यक्त गर्छन्। यस्तै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरू लागिपर्ने नेकपाका जिल्ला कमिटी सदस्य बागवीर तामाङ बताउछन् । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल चियाखेती सम्भव भए यसै मार्फत नभए अन्य माध्यमबाट भए पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लागिपर्नेमा जोड दिन्छन्। समुद्र सतहदेखिको दुई हजार ५५० मिटर उचाइमा रहेको उक्त डाँडाबाट दोर्जे लाक्पात थाजुगल हिमाल लगायत अन्य हिमशृङ्खलाका साथै सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक तथा काठमाडौँका अधिकांश भूभाग प्रष्ट देख्न सकिन्छ । यस क्षेत्रमा सम्मेलन आयोजना हुने चर्चा चलेदेखि नै आन्तरिक पर्यटकको घुइँचो बढ्दै आएको छ । खर्च एक करोड पचास लाख जिल्ला समन्वय समिति महासङ्घको आयोजना र सिन्धुपाल्चोक जिससको व्यवस्थापनमा भइरहेको उक्त सम्मेलनका लागि रु एक करोड पचास लाख खर्च हुने अनुमान गरिएको कार्यक्रमका व्यवस्थापन संयोजक कृष्णगोपाल तामाङ बताउछन् । सम्मेलनका लागि मात्र रू ६४ लाख र मेलम्ची गुफा तथा नवलपुर गुफा मोटर बाटो सुधार र आयोजनास्थल निर्माणका लागि समेत गरी रू डेढ करोड खर्च हुने बताइएको छ । सम्मेलनका लागि सामुदायिक तथा वातावरण संरक्षण मञ्च, केयर नेपाल, गुड ह्याड्स नेपाल लगायत गैरसरकारी तथा सरकारी सङ्घ संस्थाको सहयोग रहेको आयोजक संस्थाको भनाइ छ । गुफाडाँंडा नै किन त रु जलवायु सम्मेलनपछि सिन्धुपाल्चोक र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले नै गुफाडाँडा रोजिएको सिन्धुपाल्चोक जिसस उपप्रमुख बालकुमारी सापकोटा बताउछन् । हेलम्बु, मेलम्ची, जुगल हिमाल लगायत जिल्लाका पर्यटकीय स्थलको प्रष्ट अवलोकन गर्न सकिने तथा यस क्षेत्रको प्रचारप्रसार पनि हुने उद्देश्यले उक्त स्थानमा कार्यक्रम गरिएको उनी बताउछन् । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नपर्ने समस्याले आगामी दिनमा खोला बगर मात्रै बाँकी रहने त हैन भन्ने गम्भीर प्रश्नमा पनि छलफल होस् भनेर मेलम्ची खोलाको मुहानसहित हिमशृङ्खला प्रष्ट देखिने उक्त स्थानमा सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ । सम्मेलन आजै समापन हुने ‘स्वस्छ नेपाल, स्वस्थ्य नेपाली’ भन्ने नाराकासाथ आयोजित उक्त सम्मेलन साझा ‘सिन्धु घोषणापत्र’ जारी गर्दै आज समापन हुँदैछ । उक्त सम्मेलनमा सोमाबार जलवायु विज्ञका ११ कार्यपत्रमाथि छलफल भएकामा आज पनि प्रस्तुत हुने ११ कार्यपत्रमा छलफल गरिने बताइएको छ । सम्मेलनमा ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञ सहभागी छन् । विश्वकै चिन्ताको विषय बन्दै गएको जलवायु परिवर्तनका विषय सशक्त ढङ्गले उठाउँदै स्थानीय तहले त्यसबाट हुने असर कम गर्न पहल गर्न सक्ने उपायबारे छलफल केन्द्रित छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies