Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पराजुलीको कथा सङ्ग्रह ‘अघोरी’राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी

हेटौँडा। मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् । साहित्य सङ्गम मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पुस्तकमाथिको विमर्शमा पाठकले विषय विविधताका दृष्टिले कथा सङ्ग्रह उत्कृष्ट रहेको बताएका हुन् । पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय पराजुलीका अघोरी कृतिमा १७ कथा सङ्ग्रहित छन् । समीक्षक घनश्याम घिमिरेले अघोरीका कथाले समाजलाई तरङ्गित र गतिशील बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताए । “अघोरीका नारी चरित्र समाजमा तरङ्ग ल्याउन सफल देखिएका छन्”, उनले भने , “मधेशका पात्रको सशक्त उपस्थितिले नेपाली राष्ट्रियतालाई थप फराकिलो बनाइदिएको छ ।” गुमदेशका कथामा नेपालीको राष्ट्रप्रतिको पे्रमलाई उतारिएको छ । साहित्यकार अप्सरा तिम्सिनाले पत्रकारिता शैलीमा लेखिएकाले कथा सङ्ग्रह पठनीय विचार व्यक्त गरे । “चरम गरीबीमा पनि पे्रम झाङ्गिएको दृश्य रोमान्टिक लाग्यो” उनले भने । पाठकसँग साक्षात्कार गर्दै लेखक पराजुलीले नेपाली जनताले बढी अपेक्षा गरेका कम्युनिष्ट शक्तिसमेत स्खलित भएकाले कम्युनिष्टलाई नै अझ बढी प्रहार गर्नुपरेको जिकिर गरे । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमिष निखिलले समाजमा व्याप्त समस्या, राजनीतिक चरित्रलाई लेखकले जस्ताको तस्तै पस्कन सफल भएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies