Khabar Dabali Logo
  December 4, Fri

संसद् पस्नै मुस्किल

काठमाडौ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनअगावै प्रदेशिक राजधानीका लागि पोखरामा तयारी सुरु भइसकेको थियो । मुलुकलाई ५ विकास क्षेत्रमा वर्गीकरण गरिँदाका बखत नै पोखरा पश्चिमाञ्चलको केन्द्र थियो ।

अाजकाे कान्तिपुरमा खबर छ- एयरपोर्ट, सडक सञ्जाल, सरकारी निकायका सबै क्षेत्रीय कार्यालय, शैक्षिक संस्था र अस्पतालजस्ता पर्याप्त पूर्वाधार । यही कारण हो, मुलुकका अरू आधा दर्जन प्रदेशको राजधानी कहाँ रहने भन्ने किचलो उठिरहँदा पनि प्रदेश ४ भित्रका ११ वटै जिल्लाका नेता कसैले पनि पोखराको विकल्प खोजेनन् ।

निर्वाचनपछि प्रदेशसभा र मन्त्रालयहरू कहाँ राख्न सकिन्छ भनेर पहिल्यै क्षेत्रीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थान छनोट गरिसकेका थिए । निर्वाचनपछि सरकारले सातैवटा प्रदेशका अस्थायी राजधानी तोकेपछि क्षेत्रीय प्रशासनले तयार पारेकै सम्भावित स्थानहरूमै पूर्वाधार व्यवस्थापनको काम सुरु भयो ।

नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेशसभा भवन, पार्दीको अध्यागमन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय र पार्दीस्थित सीप विकास प्रशिक्षण केन्द्रको भवनमा मुख्यमन्त्रीसँगै केही मन्त्रालय रहने गरी तयारी भयो । अहिले करिब करिब ९० प्रतिशत पूर्वाधार व्यवस्थापनका काम भइसकेका छन् ।

यसबीच हामीले कान्तिपुरको ब्युरोलाई पनि प्रादेशिक बनायौं । पोखराको ब्युरोले प्रदेश ४ का ११ जिल्ला हेर्ने भयो । हामीसँग पोखराको न्युज रुममा ५ जनासहित मनाङबाहेक सबैमा संवाददाता थिए । पोखरामा विषय विभाजन गरेर काम गर्न सजिलो पनि भयो । प्रदेशसभाको पहिलो बैठककै दिन पारेर प्रादेशिक संस्करणको अभ्यास पनि थालियो ।

बैठक, सभामुख, सदस्य, समय लिएर आफ्ना कुरा राख्ने आदि काठमाडौंमा संविधानसभा/संसद् भवनमा जे–जे गतिविधि भएका थिए, अब ती प्रादेशिक संसद्बाट पनि हुने भए । हामी राजधानीमा विषयगत ‘बिट’ अनुसार काम गर्छौं । जसजसलाई जुन जुन क्षेत्रको रिपोर्टिङको काम तोकिन्छ, त्यसले त्यही क्षेत्रको समाचार ल्याउनुपर्छ ।

प्रदेशसभा गठनसँगै प्रादेशिक सरकारले गति लिने भएपछि हामीले कान्तिपुरको ब्युरोलाई पनि विषयगत ‘बिट’ विभाजन गरेर काम थाल्यौं । केही समय मुख्य समाचार प्रदेश संसद् र प्रदेश सरकारकै हुने भएपछि सबैले उक्त टिममा काम गर्ने साथीलाई सघाउने, रिपोर्टिङको मूल जिम्मेवारी एकजनालाई दिने । पोखराको न्युज रुममा प्रदेश सरकार र संसद् रिपोर्टिङको जिम्मेवारी सहकर्मी लालप्रसाद शर्मालाई तोकेर हामी सबै सघाउने जिम्मेवारीमा रह्यौं ।

फागुन ८ गते, २०७४ - ०९:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top