Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सुरक्षा परिचालन सीडीओबाटै, ब्रिफिङ सीधै गृहमा

\"\"काठमाडौ । संघीय संरचनाअनुरूप प्रदेश सरकार गठन भइसके पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन । स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल देखा परेको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- गृह मन्त्रालयको प्रस्ट निर्देशन नहुँदा प्रदेशको आन्तरिक मामिला (गृह प्रशासन) हाँक्ने जिम्मेवारी पाएका सहसचिवहरूको भूमिकासमेत प्रभावकारी हुन सकेको छैन । प्रदेशहरूमा मन्त्रिपरिषद् गठन भई गृह प्रशासन हाँक्ने आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत नियुक्त भइसकेका छन् । प्रदेश सुरक्षा समिति भने गठन भएको छैन । समितिको अध्यक्षता कसले गर्ने र को–को रहने भन्नेबारे गृह मन्त्रालयले नीतिगत निर्णय नलिएकाले अन्योल भएको हो । प्रदेश संसद्को बैठक बस्ने र मन्त्रीहरूका कामकारबाही अघि बढिसक्दा पनि प्रादेशिक गृह प्रशासनको सञ्चालन पूर्ण रूपमा हुन सकेको छैन । प्रदेशको गृह प्रशासनको कार्यप्रणाली प्रस्ट नहुँदा जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार नै सुरक्षा व्यवस्था कार्यान्वयन गरिरहेका छन् । गृह मन्त्रालयले स्थानीय प्रशासन ऐनलाई आन्तरिक सुरक्षा प्रशासन ऐनका नाममा मस्यौदा गरिरहेको छ । गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसारऐनको मस्यौदा अधिकारसम्पन्न प्रशासन सुधार समितिमा छलफलका लागि पठाइएको छ । प्रदेश संरचनामा रहने प्रहरीलाई कसरी सञ्चालन गर्ने र त्यसको चेन अफ कमान्ड कस्तो हुने भन्ने नीतिगत व्यवस्था नहँुदा अन्योल छ । प्रवक्ता दुवाडीका अनुसार संघीय प्रहरी ऐनको मस्यौदा रायका निम्ति कानुन मन्त्रालय पठाएको ४ महिना पुगिसकेको छ । संघीयता कार्यान्वयनमा आइसक्दा पनि शान्ति सुरक्षा कार्यान्वयनका निम्ति महत्त्वपूर्ण मानिएका ऐन नबन्दा प्रदेशको गृह प्रशासन सञ्चालनमा ढिलाइ भएको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरूले पनि नीतिगत अन्योलका कारण प्रदेश सुरक्षा समिति बन्न नसकेको र प्रदेश सुरक्षाको खाका निर्माणमा ढिलाइ भइरहेको बताए । प्रदेश ६ का आन्तरिक मामिला सचिव केशवराज आचार्यले नीतिगत प्रस्टता नहुँदा केही काममा ढिलाइ भइरहेको बताए । सुरक्षाको व्यवस्था पुरानै संरचनाअनुसार भइरहेको उनले जनाए । प्रदेश ५ का आन्तरिक मामिला सचिव प्रेम भट्टराईले पनि प्रदेश सुरक्षा समिति बन्न नसकेको बताए । प्रदेश ५ मा गृहमन्त्रीको भूमिकामा रहने आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा कुलप्रसाद केसीले पदभार ग्रहण गरिसकेका छन् । शुक्रबार मन्त्रीस्तरीय बैठकले सुरक्षासम्बन्धी अन्तक्र्रिया गर्ने, प्रदेशका सबै प्रहरी युनिटमा ‘हेलो सुरक्षा कल’ सञ्चालनमा ल्याउने, नागरिक सुरक्षा र औद्योगिक सुरक्षाका निम्ति नीतिगत व्यवस्था कार्यान्वयन गर्नेजस्ता निर्णय गरिसकेको छ । तर नीतिगत प्रस्टता नहुँदा सुरक्षा समितिको बैठक बस्ने, प्रदेशको सुरक्षा निकायहरूले सुरक्षा अवस्थाबारे प्रदेश आन्तरिक मामिला सचिवलाई ब्रिफिङ गर्ने र आन्तरिक मामिला तथा कानुनमन्त्रीले आन्तरिक मामिला सचिवलाई निर्देशन दिनेजस्ता कामहरू हुन सकेको छैन । चेन अफ कमान्ड प्रस्ट व्यवस्था नहुँदा गृहमन्त्रीकै हैसियतमा रहने आन्तरिक मामिलामन्त्रीले दिने आदेशको कार्यान्वयन कसरी हुने भन्ने विषयमा पनि अन्योल देखिन्छ । त्यस्तै, आन्तरिक मामिला सचिवको भूमिका कहाँसम्म विस्तारित हुने र तिनको आदेश क–कसले मान्ने भन्ने पनि प्रस्ट छैन । जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरूले सुरक्षा अवस्थाबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई होइन, सोझै केन्द्र (गृह मन्त्रालय) लाई ब्रिफिङ गरिरहेका छन् । यस्तो दोहोरो अभ्यासले प्रदेशको शान्ति सुरक्षाबारे तत्कालै कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्‍यो भने अप्ठ्यारो अवस्था सिर्जना हुने देखिन्छ । त्यस्तै नीतिगत व्यवस्था अभावमा प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको सचिवालयसमेत बन्न सकेको छैन । प्रदेश १, ३, ४ र ५ को आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भइसके पनि सचिवालय बनिसकेको छैन ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies