Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रधानमन्त्रीमाथि मुद्दा चलाउन महान्यायधिवक्तासमक्ष सिफारिस

\"\"इजराइल । इजरेली प्रहरीले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि घुस खुवाएको, जालसाजी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा चलाउन महान्यायाधिवक्तालाई सिफारिश गर्ने जनाएका छन् । आफ्ना सम्पन्न साथीहरूबाट महँगा उपहार पाएपछि नेतन्याहुले उनीहरूसँग विशेष सम्बन्ध राखेको आफूहरूसँग प्रमाण भएको प्रहरीको भनाइ छ । सञ्चारमाध्यममा आफूसँग जोडिएका समाचार ल्याउन घुस खुवाएको पनि उनीमाथि आरोप लगाइएको छ । इजरेली टेलिभिजनमा बोल्दै नेतन्याहुले आफूविरूद्धका आरोपहरूको सशक्त खण्डन गर्दै आफूविरूद्धको मुद्दाबाट केही हासिल नहुने दावी गरे । मंगलवार राति प्रहरीले महान्यायधिवक्तासमक्ष नेतन्याहुमाथि अभियोग दायर गरी मुद्दा चलाउन सिफारिश गरेको थियो । इजरेलका महान्यायधिवक्ताले अब प्रहरीको सिफारिश अनुसार देशका बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउने कि प्रहरीको अनुसन्धानले फेला पारेका निष्कर्षलाई अस्वीकार गर्दै मुद्दा खारेज गरिदिने भन्ने निर्णय लिनुपर्नेछ । महान्यायाधिवक्तालाई यस विषयमा निर्णय सुनाउन महिनौँको समय लाग्न सक्ने ठानिएको छ । उनको निर्णयले गहिरो राजनीतिक परिणामहरू निम्त्याउन सक्ने देखिन्छ । इजरेलको विपक्षी दलले प्रधानमन्त्री नेतन्याहुलाई पदबाट राजीनामा दिन भनिसकेको छ । तर अहिलेकै चरणमा त्यो गर्नका लागि कुनै कानूनी आधार छैन् । जेरूसलेम भन्छन्, अहिलेलाई बेन्जमिन नेतान्याहु इजरेलका प्रमुख राजनीतिक व्यक्तित्व हुन् र उनलाई आफ्नो दल एवं सत्तारूढ गठबन्धनको सहयोग प्राप्त छ । भ्रष्टाचारसम्बन्धी आरोपबारे छानबिनका क्रममा गत ज्यानुअरीमा प्रहरीले नेतन्याहुसँग सोधपुछ गरेको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies