सेना दिवसमा सरिक हुन भारतीय सेनाध्यक्ष आउन लागेको यो पहिलोपटक हो।सैनिक कूटनीतिको माध्यमबाट नेपाली र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध, द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। नेपाली सेनाको निमन्त्रणामा आएका अमेरिकी सेनाका प्यासिफिक कमान्डर जनरल रोबर्ट बी ब्राउन चारदिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्। अमेरिकी सेनाले पूर्वाधार निर्माण, तालिम, हातहतियार तथा उपकरणलगायत सहयोग नेपाली सेनालाई उपलब्ध गराउँदै आएको छ। नेपाल भ्रमणमा रहेका बेलायतका सेनाध्यक्ष जनरल निकोलस पेट्रिक कार्टरले समेत गत साता प्रधानसेनापति क्षत्रीसँग जंगीअड्डामा भेटवार्ता गरेका छन्। पोखरास्थित गोरखा ब्रिटिस क्याम्पमा हुने परेड अवलोकन गर्न बेलायती सेनाध्यक्ष कार्टर नेपाल आएका हुन्। प्रधानसेनापति क्षत्री र बेलायती सेनाध्यक्ष कार्टरबीच बुधबार सैनिक मुख्यालयमा भेटवार्ता भएको थियो। जनरल कार्टर सोमबार स्वदेश फिर्ता हुनेछन्।
प्रतिकृया लेख्नुहोस्: