Khabar Dabali Logo
  October 23, Fri

अारजुलार्इ राष्ट्रिय सभामा लाने प्रधानमन्त्री देउवाको तयारी, अरू को-को लाने तयारीछ ?

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन् । हारेका तीनैजनालाई राष्ट्रिय सभामा मनोनित गर्न लागेको भन्दै कांग्रेस भित्र देउवाको आलोचना पनि सुरु भएको छ। सबै प्रदेशबाट ५६ जनाको निर्वाचन माघ २५ गते सकिएलगतै सरकारले बाँकी तीनमा मनोनयन गर्नेछ ।

आजको अन्नपूर्ण पोष्ट दैनिमा खबर छ-राष्ट्रियसभामा एक महिलासहित तीनजनालाई सरकारी सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

कांग्रेसको नेतृत्वको सरकारले मनोनित गर्ने तीनजनाबारे अहिले चर्चा हुन थालेको छ । देउवाले पौडेल, निधि र पत्नीलाई मनोनयन गर्ने विषयमा छलफल चलाएका स्रोतको दाबी छ ।

सकेसम्म हारेकालाई राष्ट्रिय सभामा नलाने, लानैपरेमा पौडेल, निधि र आरजु मध्येबाट पर्न सक्ने कांग्रेस स्रोत बताउँछ । ‘जहाँसम्म चुनावी प्रक्रियामा सहभागी भएर चुनाव हारेकालाई राष्ट्रिय सभामा लगिदैन’, देउवानिकट एक कांग्रेस नेताले भने, ‘हार्ने लानुपर्ने अवस्था आएमा उहाँहरु (पौडेल र निधि र आरुजु) नै पर्न सक्नुहुन्छ ।’

देउवाले आरजुसहित एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लान गरेको प्रस्तावलाई एमाले र माओवादीले अस्वीकार गरेका छन् ।

तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पौडेल, आरजु र निधिलाई राष्ट्रिय सभामा मनोनयन गर्ने कुरा हल्ला मात्रै भएको बताए। उनले पार्टीमा त्यस विषयमा चर्चा नभएको दाबी गरे। राष्ट्रिय सभाको ५६ जनाको निर्वाचन सबै प्रक्रिया सकिएपछि मनोनितका विषयमा छलफल हुने बताए ।

‘यो सरकारले गर्ने काम हो, पार्टीभित्र यस विषयमा छलफल भएको छैन, अरु चुनाव सकिएपछि यो विषयले प्रवेश पाउँछ’, उनले भने । प्रवक्ता शर्माले राष्ट्रिय सभाका तीनजनाको मनोनयन भने देउवा सरकारले नै गर्ने बताए ।

‘राष्ट्रिय सभाका ५६ जनाको निर्वाचन यो सरकारले गर्ने, तर बाँकी तीनजनालाई अर्को सरकारले मनोनयन गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘यही सरकारले सम्पूर्ण निर्वाचन पूरा गर्छ र गर्नुपर्छ ।’

माघ २३ गते, २०७४ - ०६:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top