Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीलाई राजेन्द्रको चुनौती

\"\"काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्रीमा अर्का नेता राजेन्द्र पाण्डेले कडा चुनौती दिएका छन् । एमाले भित्रको चर्को गुटगत राजनीतिका कारण अष्टलक्ष्मीलाई एक्लो मुख्यमन्त्री बन्न चुनौतीको पहाड नै छिचोल्नुपर्ने अवस्था आएको हो । अाजको अन्नपूर्णमा खबर छ-मुख्यमन्त्रीकी दाबेदार अष्टलक्ष्मीसँगै राजेन्द्रप्रसाद पाण्डेले सशक्त दाबेदारी प्रस्तुती गरेपछि प्रतिस्पर्धा कडा हुँदै गएको हो । पार्टीको ‘सिनियर’ नेताका रुपमा रहेकी शाक्यको प्रतिस्पर्धीका रुपमा पार्टी उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे देखिएका छन् । मुख्यमन्त्रीको दौडमा नेताहरु पशुपति चौलागाईँ, अरुण नेपाल, सानुकुमार श्रेष्ठ र केशव स्थापित लगायत पनि देखिएका छन् । मुख्यमन्त्री हुन गुट परिवर्तन गुट परिवर्तन गरेर पाण्डेले आफ्नो पल्ला भारी गरिरहेका छन् । माधव नेपाल गुटबाट उपाध्यक्षमा उठेर पराजित भएका पाण्डे अध्यक्ष केपी ओली गुटमा आएर प्रदेश ३ को संसदीय दलको नेता हुने कसरतमा लागेका छन् । प्रदेश ३ मा ओली गुटको पल्लाभारी छ । डोरमणी पौडेल, रामेश्वर फुयाल, सानुकुमार श्रेष्ठ, केशव स्थापित, चन्द्रबहादुर लामा, बसुन्धरा हुमागाई र सरेश नेपाल लगायत ३० जना बढी ओली पक्षधर हुन् । अर्कातिर अरुण नेपाल, पशुपति चौलागाईँ र लक्ष्मण लम्साल नेपाल पक्षधर हुन् । कुल ११० सिट रहेका प्रदेश सभामा एमालेले स्पष्ट बहुमतसहित ५८ सिट जितेको छ । पार्टीको संसदीय दलको नेताका लागि अष्टलक्ष्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश ३ मा अध्यक्ष ओलीको आर्शिवाद पाउने व्यक्ति नै संसदीय दलको नेता हुने निश्चित छ । तर ओलीले प्रदेश ५ का शंकर पोखरेल बाहेक अन्यलाई आश्वासन नदिएको बताए चुनावबाटै नेता छान्ने छनक दिइसकेका छन् । सबैभन्दा योग्य र सिनियर दाबेदार पाण्डेले पार्टी निर्माणदेखि नै लागेकाले मुख्यमन्त्रीको लागि सबैभन्दा योग्य आफु भएको बताए । ‘म ५० जना पनि संगठित नहुँदाको सदस्य हुँ, सिनियरको हिसाबमा म नै अगाडि छु । पद मात्रै मेरो पोलिब्यूरो हो’, उनले भने । पाण्डेले ४ पटक प्रतिनिधि सभाको सांसद, सचेतक, मुख्य सचेतक हुँदै मन्त्रीसम्म भएको बायोडाटा सुनाए । स्थानीय निकाय विभागको प्रमुख भएर १० वर्षसम्म राम्रो अनुभव लिएको दाबी पाण्डेले गरेका छन् । उनले दाबी गर्नेमध्ये नेतामा सबैभन्दा योग्य र अनुभवी आफैँ भएको बताए । ‘मुख्यमन्त्रीका धेरै जिम्मेवारी छन्, केन्द्रका धेरै काम प्रदेशले गर्नु पर्नेछ, त्यहाँ जाने महिला, जनजाति, ठाउँ विशेष भनेर होइन, योग्य छ की छैन, अनुभव र क्षमता कति छ, त्यसको आधारमा जिम्मेवारी दिनुपर्छ\', उनले भने । गुट फेरेको छैन उनले मुख्यमन्त्री हुनकै लागि गुट परिवर्तन गरेको भन्ने कुरा प्रति असहमति जनाए । ‘मुख्यमन्त्री हुन गुट परिवर्तन गर्‍यो भन्ने कुरा फजुल हो’, उनले एमाले गुट नै नभएको दाबी गर्दै भने । पार्टी अध्यक्ष ओली र नयाँ बन्ने नेपाल कम्युनिष्ट पार्टी मात्रै आफुलाई थाहा भएको उनले बताए । पाण्डेले आफुले संसदीय दलको निर्वाचन भएमा जितेर देखाउने पनि जिकिर गरे। संसदीय दलको नेता चयनमा निर्वाचनमै जानुपर्ने उनको भनाइ छ । उता सभामुखमा भने डोरमणी पौडेलको नाम करिब निश्चित छ । प्रदेश नम्बर ३ मा सबै प्रदेश भन्दा पहिले प्रदेश सभाको बैठक बसिसकेको छ । बैठकले माघ २७ गते सभामुख चयनको कार्यसूची बनाएको छ । सबै प्रदेशमा फागुन ३ गते भित्र मुख्यमन्त्री चयन भइसक्ने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies