Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रदिप पाैडेललार्इ ५ भोटले हराउने आशा प्रदेश ४ को सभामुखमा एक मात्र माओवादीकी दाबेदार

\"\"काठमाडाैं । प्रदेश ४ मा महिला सभामुख बन्ने सम्भावना देखिएको छ । वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादीले राख्ने सहमति भइसकेको छ । उपसभामुख एमालेले राख्नेछ । सभामुखमा तनहुँबाट निर्वाचित आशा कोइरालालाई माओवादीले अघि सार्ने सम्भावना छ । पर्वतका नेत्रनाथ अधिकारी, स्याङ्जाका दीपक थापा र गोरखाका लेखबहादुर थापामगरलगायत दाबेदार भए पनि बाहिर इच्छा व्यक्त गरेका छैनन् । पार्टीभित्र पनि आशाकै चर्चा बढी छ । अाजको  नयाँ पत्रिकामा खबर छ-माओवादीले उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय अझै गरिसकेको छैन । आफ्नो भागमा पर्ने उपसभामुखबारे एमालेमा पनि छलफल भएको छैन । कास्कीका एमाले सांसद तथा जिल्ला उपाध्यक्ष कृष्ण थापाले उपयुक्त समयमा पार्टीले उपसभामुखबारे निर्णय गर्ने बताए । ‘माओवादीले महिला उठाए हामीले पुरुष उठाउनुपर्‍यो, क्षेत्र हेर्नुपर्‍यो, समावेशी हेरेर निर्णय हुन्छ,’ उनले भने । कांग्रेसले प्रदेश ४ मा सभामुख वा उपसभामुख पदका लागि पार्टीबाट उम्मेदवार बनाउने वा नबनाउनेबारे अहिलेसम्म छलफल नै गरेको छैन । यस्तो हुँदै छ बैठकको तयारी प्रदेश नम्बर–४ को प्रदेश सभाको प्रथम बैठक २२ माघमा पोखरामा बस्दै छ । प्रदेशको पहिलो सभामुख चयन नभइसकेकाले जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन् । केन्द्र संसद् सचिवालयबाट खटिएका उपसचिव गोपाल सिग्देलका अनुसार सभामुखको चयन नहुँदासम्म प्रदेशका जेष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुखको काम गर्नेछन् । पहिलो बैठकका पाँचवटा कार्यसूची रहेको उनले जानकारी दिए । जेष्ठ सदस्य (सभामुख)ले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, संसद्मा सहभागी दलका नेतालाई बोल्न समय उपलब्ध गराइने, संसद् सञ्चालनका लागि कार्यविधि नियमावली प्रस्ताव गर्ने, बैठक सञ्चालन गर्न अध्यक्षमण्डल गठन गर्ने र सभामुख, उपसभामुखको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल गर्नेछ । बैठकले गर्ने कामबारे पोखरा आएसँगै प्रदेश जेष्ठ सदस्यसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको सिग्देलले जानकारी दिए । आफ्नो गृहजिल्ला नवलपरासीमा रहेका श्रेष्ठ संसद् सञ्चालनको तयारीका लागि शुक्रबार पोखरा आउने भएका छन् । संसद्को पहिलो बैठकसँगै संविधानको धारा १८२ अनुसार सभामुख र उपसभामुख चयन प्रक्रियासमेत सुरु हुनेछ । पोखरा लेखनाथ महानगरपालिका–नदिपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बस्ने प्रदेश सभाको पहिलो अधिवेशनको अध्यक्षता श्रेष्ठले गर्नेछन् । सभामुख र उपसभामुख निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था संविधानको धारा १८२ (१) अनुसार प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूहरूमध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् । सोही धाराको (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा सभामुख वा उपसभामुखमध्ये एकजना महिला अनिवार्य रहेको छ भने सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ । सभामुख निवासको मर्मतसम्भार हुँदै भवनलाई रङरोगन गर्ने, टुटफुुट भएका स्थाहरूमा मर्मत गर्ने, पानी, बत्ती, शौचालयसँगै आवश्यक स्थानमा कार्पेट र टायल लगाउने काम भइरहेको छ । भवनभित्रका अधिकांश मर्मतका काम सकिएको छ भने बाहिरी सजावटका काम बाँकी रहेको मर्मतको जिम्मा लिएको निर्माण कम्पनी मनोज निर्माण सेवाका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । ‘भवनभित्रका शौचालयबाहेक सबै काम लगभग सकिएको छ,’ उनले भने । मर्मतका लागि ३१ लाख खर्च सभामुख र उपसभामुख कार्यालयका लागि मर्मतको क्रममा रहेको भवनमा ३१ लाख रूपैयाँ खर्च हुने भएको छ । भवन बाहिरको चौरमा बगैँचासमेत निर्माण गरिने भएको छ । संसद् भवन र संसद् सचिवालयको भवनको सुरक्षाका लागि चारैतिरबाट तारबार लगाउने कामसमेत सुरु गरिँदै छ । सभामुखमा उपयुक्त छु भन्ने लाग्छ : आशा कोइराला तपाईं सभामुख पदका लागि तयार हुनुभएको हो ? जिम्मेवारी पाएपछि तयार नहुने कुरै छैन । पार्टीले जे निर्णय गर्छ, त्यो पूरा गर्न तयार छु । किन सभामुख पदमा इच्छा देखाउनुभएको ? देश नयाँ संरचना र व्यवस्थामा गएको छ । त्यसअनुसार संघीय व्यवस्थाको स्थापित मूल्य–मान्यताअनुसार शासन व्यवस्था अघि बढाउन, संवैधानिक रूपमा उल्लेख भएका प्रदेशका काम, कर्तव्य र अधिकार पूरा गर्न, आवश्यक नीतिनियम निर्माण गर्न सक्छु भन्ने भएकाले तयार भएकी हुँ । केन्द्रको मन्त्री भइसकेको, काम गरेको अनुभव भएको कारण म उपयुक्त छु । पार्टीले कहिले निर्णय गर्छ ? प्रदेश संसदीय दलको बैठक बसेको छैन । २१ माघमा बैठक बसेर संसदीय दलको नेता तोकिने सम्भावना छ । ३५ वर्षे पुरानो भवनमा सभामुखको कार्यालय पोखरा–लेखनाथ महानगरपालिका–३ नदीपुरस्थित संसद् भवनसँगै जोडिएको ३५ वर्ष पुरानो भवनलाई सभामुख र उपसभामुख कार्यालयका लागि तयारी गरिँदै छ । तालिमलगायतका कार्यक्रम सञ्चालन गर्न निर्माण गरिएको सो भवनमा १२ वटा कोठा छन् । सभामुखको कार्यालय माथिल्लो तलामा, उपसभामुख र संसद्का सचिवको कार्यालय तल्लो तलामा राखिने तयारी छ । निवास पर्यटन कार्यालयमा सभामुख र उपसभामुखको निवास एयरपोर्टनजिकै पर्यटन कार्यालयमा रहने गरी व्यवस्थापन गरिँदै छ । दुई वर्षअघि बनेको भवन अझै प्रयोगमा आएको छैन । निवासका लागि तीनतले भवन तत्कालका लागि हो, पछि अर्कै व्यवस्थापन गरिनेछ । ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेश सभा सञ्चालन गर्नेछन् । उनले सभा सञ्चालनका लागि अन्तरिम कार्यविधि बनाउने विषयमा सचिवालयका कर्मचारीसँग छलफल गर्दै छन् । ‘कर्मचारीसँगको छलफलपछि अन्य दलका नेता तथा सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्छु,’ श्रेष्ठले भने । वाम गठबन्धनकै सभामुख र उपसभामुख प्रदेश सभामा कुल ६० सांसदमध्ये एमाले २७, कांगे्रस १५, माओवादी १२, जनमोर्चा ३, नयाँ शक्ति २ र स्वतन्त्र १ छन् । एमाले, माओवादी र जनमोर्चा गरी वाम गठबन्धनमा ४२ सांसद छन्, प्रदेश सभामा यो बहुमत हो । वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादीले पाउने सहमति भइसकेको छ । सभामुख र उपसभामुख ७ फागुनभित्र संवैधानिक व्यवस्थाअनुसार ७ फागुनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने हुन्छ । पहिलो बैठक २२ माघमा बस्दै छ । त्यसको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यतिन्जेलसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन् । उनकै नेतृत्वमा सभामुखको निर्वाचन हुनेछ । के छ दलहरूको तयारी ? एमाले र माओवादी नेताहरूका अनुसार सभामुख र उपसभामुख निर्वाचनको प्रक्रिया २४ माघपछि मात्र थालिनेछ । चाँडै उम्मेदवारको पनि टुंगो लाग्ने उनीहरूले बताएका छन् । कांग्रेसले भने अझैसम्म सभामुख वा उपसभामुख पदका लागि पार्टीबाट उम्मेदवार बनाउने वा नबनाउनेबारे कुनै तयारी गरेको छैन । मुख्यसचिव र तीन सचिवले सम्हाले कार्यभार प्रदेश ४ का मुख्यसचिव र तीन मन्त्रालयका सचिवले कार्यभार सम्हालेका छन् । मुख्यमन्त्रीको कार्यालय भवनमा रहेको कार्यकक्षमा पुगी मुख्यसचिव लक्ष्मण अर्यालसँगै अन्य सचिवहरूले बिहीबार पदभार सम्हालेका हुन् । अर्याल यसअघि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक थिए । मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लालमणि ओझा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेल छन् । एक घन्टामै सकियो ३ नं. प्रदेश सभाको पहिलो बैठक प्रदेश ३ को पहिलो बैठक करिब एक घन्टा मात्रै चल्यो । दिउँसो १ बजेदेखि सुरु भएको अधिवेशन २ बजे नै सकिएको थियो । अधिवेशनका लागि प्रायः सांसद बिहीबार ११ बजे प्रदेश सभा सचिवालय भवनमा पुगिसकेका थिए । हेटौँडाको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बसेको प्रदेश सभा बैठकमा १३ जिल्लाका ११० सांसद उपस्थित थिए । अधिवेशनका लागि धेरैजसो सांसद बुधबार बेलुका हेटौँडामा आई नेता–कार्यकर्ताको घर तथा होटेलमा बसेका थिए । बुधबार आउन नसकेका सांसद बिहीबार बिहानै आइपुगेका थिए । प्रदेश सभा सचिवालयलाई रङरोगन गरी आकर्षक बनाइएको थियो । सांसदका लागि बाहिर ढोकादेखि नै रातो कार्पेट बिछ्याइएको थियो । सञ्चारकर्मीलाई एकपटक फोटो खिच्न दिएपछि हलबाहिर बस्ने व्यवस्था मिलाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies