Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मुख्यमन्त्रीको प्रतीक्षामा कुर्सी: नेताहरूबीच आन्तरिक प्रतिस्पर्धा झन्–झन् पेचिलो, दलीय प्रतिस्पर्धा समाप्त

\"\"काठमाडाैं । प्रदेश सभाका ९३ सिटमध्ये एमालेले ५१ सिट जितेको छ । मुख्यमन्त्रीमा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईको मुख्य दाबी छ । हिक्मत कार्की, जीवन घिमिरे, राजेन्द्र राईले पनि आकांक्षा राखेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-तर, दलको नेता छान्न निर्वाचन हुँदा अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूह बाँडिन सक्ने देखिएकाले उनीहरू पनि आचार्य र राईमध्ये एकको पक्षमा उभिने सम्भावना छ । आचार्यनजिक कम्तीमा २८ देखि ३२ तथा राईको २२ देखि २५ सांसद सांसद पक्षमा छन् । तर, सर्वसम्मतको प्रयास भए प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र १ मा राई मुख्यमन्त्री बन्ने सम्भावना पनि छ । प्रदेश २ मा मधेसी दलहरू बहुमतमा छन् । जम्मा १०७ सिटमध्ये संघीय समाजवादी फोरमले २९ र राष्ट्रिय जनता पार्टीले २५ सिट जितेको छ । दुई दल मिलेर सरकार बनाउने तयारीमा छन् । राजपाभन्दा बढी सिट रहेकाले मुख्यमन्त्रीमा संघीय फोरमले दाबी गर्दै आएको छ । फोरमका उपाध्यक्ष लालबाबु राउत र कोषाध्यक्ष विजय यादव मुख्यमन्त्रीको दौडमा छन् । उनीहरू संसदीय दलको नेता बन्न आन्तरिक तयारी गरिरहेका छन् । दलको नेता चुनिन कम्तीमा १५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । दुवै आकांक्षी नेतादेखि सांसदसम्मलाई आफ्नो पक्षमा उभ्याउन लबिङ गरिरहेका छन् । ११० सदस्यीय प्रदेश सभामा एमालेको ५८ सिट छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् । नवौँ महाधिवेशनयता दुवै नेता माधव नेपाल खेमामा रहेकाले पाण्डे संस्थापनबाट अघि बढ्ने तयारीमा छन् । तर, संस्थापन पक्ष पाण्डेलाई अघि सार्ने कि चर्चामा रहेका सानुकुमार श्रेष्ठ, डोरमणि पौडेल या केशव स्थापितलाई उम्मेदवार बनाउने टुंगोमा पुगिसकेको छैन । संस्थापनले कम्तीमा ३४ र नेपाल पक्षले २४ सांसद आफ्नो पक्षका रहेको हिसाब गरेको छ । पार्टी उपाध्यक्ष रहेकी, महिला, जनजातिका साथै पार्टीको प्रदेश सचिवालयले मुख्यमन्त्रीमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिसकेकाले शाक्यका लागि चुनावमा सहजता पनि हुन सक्छ । प्रदेश सभाका ६० मध्ये एमालेले २७ सिट जितेको छ । मुख्यमन्त्रीका प्रमुख दाबेदार सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङले अध्यक्ष ओली र अन्य नेतालाई मंगलबार र बुधबार भेटेरै सहयोगका लागि आग्रह गरेका छन् । किरण उपाध्यक्ष वामदेव गौतम र पृथ्वी सुब्बा ओलीनिकट मानिन्छन् । दलको नेता छान्न निर्वाचन हुँदा दुईतिहाइ मतले जित्ने हिसाब पृथ्वी सुब्बाको छ भने किरणले १७ देखि १९ मतका साथ जित्ने आँकडा निकालेका छन् । शीर्ष नेताबीच सहमति भएमा गौतमनिकट किरण सर्वसम्मत बन्ने सम्भावना देखिए पनि सुब्बालाई व्यवस्थापन गर्ने चुनौती कठिन छ । किनभने यो प्रदेशमा सभामुख र मुख्यमन्त्रीपछिको वरीयताको मन्त्री पनि माओवादीको भागमा परेको छ । प्रदेश ५ मा पोखरेल सर्वसम्मत प्रदेश सभाका ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । मुख्यमन्त्रीका आकांक्षी नेता शंकर पोखरेल सर्वसम्मत रूपमा संसदीय दलको नेता बनिसकेका छन् । अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिअनुसार पोखरेललाई सर्वसम्मत मुख्यमन्त्री बनाउन लागिएको र त्यसअनुसार नै दलको नेता चयन भएको जानकारी मंगलबार सम्पन्न स्थायी समिति बैठकमा गराइसकेका छन् । प्रदेश ६ को मुख्यमन्त्री माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । माओवादी नेताहरू नरेश भण्डारी र महेन्द्रबहादुर शाही मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् । पार्टी नेतृत्वसँग लबिङ गर्न उनीहरू काठमाडौंमै छन् । २१ माघमा बस्ने प्रदेश सभाको पहिलो बैठकका लागि अघिल्लो दिन मात्रै सुर्खेत फर्कने उनीहरूको तयारी छ । प्रदेश सभाका ४० सिटमध्ये माओवादीले १३ सिट जितेको छ । वाम गठबन्धन रहेको अर्को दल एमालेका २० सांसद छन् । दुवैको मत जोड्दा सानदार बहुमत पुग्छ । तर, माओवादी नेतृत्वले भण्डारी वा शाहीमध्ये कसलाई अगाडि सार्ने भन्ने निर्णय अझै गरेको छैन । मुख्यमन्त्रीबारे चाँडै निर्णय हुने माओवादी नेताहरू बताउँछन् । प्रदेश सभाका ५३ मध्ये १४ सिट जितेको माओवादी केन्द्रले एमालेसँगको भागबन्डामा मुख्यमन्त्री पाएको छ । एमालेको २५ सिट छ । माओवादीबाट नेताहरू त्रिलोचन भट्ट, मानबहादुर धामी, वीरमान चौधरी र झपट बोहरा मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् । डोटीबाट निर्वाचित भट्टको प्रबल सम्भावना रहेको स्रोतले बताउँछ । पार्टीमा पुरानो, पहाडी क्षेत्रमा राजधानीको माग भइरहेकाले अहिलेको अस्थायी मुकाम धनगढीलाई नै कायम राख्ने गरी सन्तुलन मिलाउन धेरै स्थानीय र केन्द्रीय नेता उनको पक्षमा खुल्दै गएका छन् । अर्थ मन्त्रालय माओवादीले नै राखेर अर्का आकांक्षी बोहरालाई मन्त्रीमा व्यवस्थापन गर्ने सम्भावना छ । सबै आकांक्षी आफू नै मुख्यमन्त्रीको बलियो र योग्य दाबेदार भएको बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies