Khabar Dabali Logo
  October 28, Wed

यसरी सिकेका थिए सन्दीपले क्रिकेट

काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्‍याएको हो ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का सोमबार चितवन क्रिकेट एकेडेमीमा । सन्दीप लामिछानेको ‘फेयरी टेल’ यात्राले खड्काको प्रशिक्षक–छवि पनि चर्चामा छ । अाजको कान्तिपुरका खबर छ-खड्कासँग तीन वर्ष एकेडेमीमा प्रशिक्षण लिएका सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा पुगेका छन् ।

जब सन्दीप भारतबाट आएर नवलपरासीको रजहरमा बसेका थिए, उनले चितवनको क्याम्पाचौरमा एउटा एकेडेमी भएको र त्यसमा मैले प्रशिक्षण दिन्छु भन्ने थाहा पाएर सीधै भेट्न आए । आउनेबित्तिकै सीधै मेरो खुट्टा छोए । म एकछिन अकमक्क परें । मैले प्रशिक्षण दिएको खेलाडी त होइन, को हो भनेर प्रश्न गरें । उनले मलाई गुरु मानिसकेका थिए सायद । उनको व्यवहार र अनुशासन देखेर अचम्म परें । खेलाडीमा हुनुपर्ने तीन गुण समर्पण, मिहिनेत र अनुशासन पहिलो भेटमै देखाएका थिए, जसले मेरो मनमा छोयो ।

उनले सोधे ‘मैले यहाँ अभ्यास गर्न के गर्नुपर्छ ?’ भनेर । अर्को दिनदेखि उनी निरन्तर अभ्यासमा आए । उनले फालेको पहिलो बल टर्न भएको देख्दा लुकेको प्रतिभा भेटेजस्तो महसुस गरें मैले । यो खेलाडीमा केही न केही त छ भन्ने लाग्यो । ‘ग्रुम’ गर्न सक्यो भने के थाहा मैले, जिल्लाले मात्र नभई देशले नै एउटा राम्रो खेलाडी पाउँछ भन्ने मलाई त्यति नै बेला लाग्यो । त्यसपछि उनका लागि निकै मिहिनेत गरें । जतिखेर उनी आएका थिए, त्यत्तिखेर उनको स्लो स्पिन थियो । ‘अलिकति बलिङ स्पिड बढायौ भने नेपालको कुनै पनि ब्याट्सम्यानलाई ट्रयापमा पार्न सक्छौं, किनभने नेपाली ब्याट्सम्यानको स्तर अहिले राम्रो छ’ भनें मैले । उनले त्यसपछि थप मिहिनेत गरे । मैले ब्याटिङ गरेर उनलाई बलिङ गर्न लगाएँ । २५ वटा जति बलमा मैले ८/९ वटा छक्का प्रहार गरेको थिएँ । उनलाई महसुस गराउन खोजेको थिएँ कि, यो स्थितिमा यस्तो बलले गाह्रो हुन्छ भनेर । एकेडेमीमा अन्य खेलाडीको तुलनामा उनको स्तर माथि नै थियो । तर पनि माथिल्लो स्तरमा यतिले मात्र पुग्दैन भनेर उनलाई महसुस गराएँ । पछि उनले मिहिनेत मात्र गरेनन्, बलिङमा गति बढाएर विविधता ल्याए । त्यसैको प्रतिफल उनी आज आईपीएल खेल्न सफल भएका छन् । उनी यहाँ आउँदै प्रतिभा लिएर आएका थिए । उनले पहिलो बलमै त्यो खुबी देखाएका थिए । सन्दीप फर्किएर आएपछि फेरि उनको बलिङमा ब्याटिङ गर्ने मेरो धोको छ । त्यसपछि म कतिको ट्रयापमा पर्छु, अनि मलाई थाहा हुन्छ उनको बलिङ सुधारिएको छ भनेर । नयाँ खेलाडीलाई सन्दीपको आईपीएल यात्राले धेरै प्रभाव पार्नेछ । धेरै स्कुलले सन्दीपको प्रशिक्षक भन्दै ‘हाम्रा विद्यार्थीलाई सिकाइदिनुपर्‍यो’ भनेर आग्रह गरिरहेका छन् ।

सन्दीपसँगै यहाँ एकेडेमीमा खेलेका खेलाडीले के बुझेका छन् भने भाग्यका साथै मिहिनेत पनि चाहिन्छ भनेर । आईपीएल नै मात्र नभई नेपालको टिमसम्म पुग्न पनि यो आवश्यक छ ।

अस्ट्रेलिया खेल्न जाँदा उनले मसँग केही टिप्स चाहियो भनेर मागेका थिए । मैले तिमीसँग माइकल क्लार्क जस्तो खेलाडी छन् भनेर जिस्काएको थिएँ । मैले एउटा कन्डिसन र अर्को स्थिति हेर्नु भनेको थिएँ । मैले यो बल, यस्तो बल, गुगली फाल भनेर भन्न जरुरी थिएन किनेभने उनीसँग पहिल्यै प्रतिभा थियो । कन्डिसन फरक भन्नाले क्लाइमेट हेर्नु, स्थिति भन्नाले त्यहाँको ब्याट्सम्यानहरूको उचाइ हेर्नु । उनीहरू ६ फिट माथि छन् भने तिमीले नेपालमा जस्तो गुड लेन्थ फाल्दा ओभर पिच हुन सक्छ त्यो हेर्नु भनेको थिएँ । त्यसपछिको खेलमा २/३ विकेट लिएपछि उनले अस्ट्रेलियाबाटै फोन गरेर मलाई धन्यवाद दिएका थिए ।

उनी सम्पर्कमा रहिरहन्छन् । काठमाडौंबाट फर्किनेबित्तिकै समय मिल्यो भने यहाँ क्याम्पाचौरमा आएर प्रशिक्षण गरेर मात्र घर जान्छन् । उनमा क्रिकेट खेल र आफ्नो टिमप्रति लगाब छ । आईपीएल उनका लागि ट्रायल जस्तै हो । उनले धेरै सिक्ने अवसर पाउँछन् । त्यसले उनको सपना अस्ट्रेलियाको बिग बाससम्म पनि पुर्‍याउन सक्छ ।

जब सन्दीप आईपीएलमा परेको समाचार सुनें, आश्चार्य लागेको थियो । एकछिन अन्योलमै परें । सामाजिक सञ्जालमा खबर भाइरल भइरहँदा कतै सपना नै देखें कि जस्तो पनि लाग्यो । उनी यति चाँडै आईपीएल जस्तो प्रतियोगितामा छानिन्छन् भनेर मैले चिताएको थिइनँ । वास्तवमा टेस्ट नखेल्ने राष्ट्रका खेलाडीलाई खासै मौका पनि आउँदैन । अफगानिस्तान र आयरल्यान्डजस्ता राष्ट्रको दाँजोमा नेपालले एसोसिएट राष्ट्रमा त्यत्ति उपलब्धि पाइरहेको पनि छैन ।

उनको क्षमता हेर्दा नेपाली टिममा राम्रो खेलाडीका रूपमा उदाउँछन् भन्ने सुरुमै लागे पनि आईपीएलमा छनोट हुँदा चकित नै बनें । हाम्रो स्तर हेर्दा हामीले आईपीएलमा पुग्न अझै १०/१५ वर्ष कुर्नुपर्ला जस्तो लागेको थियो । हामी अहिले विश्वकप र एकदिवसीय मान्यताका लागि संघर्ष गरिरहेका छौं । त्यसैले भोलिका दिनमा राम्रो गरेमा हाम्रा खेलाडी आईपीएलमा पुग्न सक्छन् भन्ने ठाने पनि यति चाँडो नेपाली खेलाडीलाई यो सफलता हात पर्छ भन्ने मैले ठानेको थिइनँ  ।

माघ १६ गते, २०७४ - ०७:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top