Khabar Dabali Logo
  October 23, Fri

‘डान्स क्लब’ मा गोली चल्योः १४ जनाको ज्यान गयो, १४ घाइते

ब्रसिलिया । ब्राजिलको उत्तरपूर्बी सहर फोर्टालेजामा रहेको एउटा ‘डान्स क्लब’ (नृत्य सहितको रेष्टुरेन्ट) मा अज्ञात व्यक्तिले गोलीहानी कम्तीमा १४ जनाको हत्या गरिएको समाचार छ ।

यस दुर्घटनामा परी अन्य १४ जना घाइते भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

फोर्रो डो गागो नामक डान्स क्लवमा अत्याधिक भिड भएका बेला शनिबार एकाविहानै सहभागीहरुलाई लक्षित गरेर गोली चलेको थियो ।

प्रत्यक्षदर्शीहरुले स्थानीय ग्लोबो टिभीलाई बताएअनुसार बन्धुकधारीहरु कारमा आएर क्लबमा पसेका थिए र अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

झण्डै आधा घण्टासम्म नै उनीहरुले उक्त क्लबमा आक्रमण गरेर फरार भएका प्रत्यक्षदर्शीले जनाएका छन् ।

आक्रमणबाट घाइते हुनेमध्ये केही बालबालिका समेत परेका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजक हरेको अस्प्तालका अधिकारीहरुले बताएका छन् ।

केही व्यक्तिहरुले सामाजिक सञ्जालमा राखेको फोटोमा कम्तीमा १२ जनाको शव भुइँमा लडेको देखिएको छ भने तीमध्ये अधिकांश महिला रहेका छन् ।

स्थानीय प्रहरी अधिकारीहरुले यो घटना अहिलेसम्म देखेको भन्दा क्रुर घटना भएको बताएका छन् ।

डान्स क्लबका भित्ताहरु, घरको वरिपरी र त्यहाँका सवारी साधनहरुमा गोली लागेको दागहरु देखिएका छन् भने क्लब पुरै रक्तपातपूर्ण भएको छ ।

स्थानीय प्रहरी अधिकारीहरुले घटना पुरै पुर्व तयारी अनुसार भएको जस्तो देखिएको बताएका छन् । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जानकारी पनि दिएका छन् । रासस

माघ १४ गते, २०७४ - १७:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top