


सांगीतिक कार्यक्रमका लागि अमेरिकी कलाकार नेपाल अाउँदै


-
-
माघ १० गते, २०७४ - १८:३६
काठमाडौं । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमका विषयमा जानकारी दिन आज दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना शाखा संयोजक अपार पौडेलले हिपहप कलाकार आइशा फुकुशिमालाई दोस्रोपटक नेपालमा आमन्त्रण गरिएको बताए ।
नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि फुकुशिमाले ‘¥याप्टिभिज्म’ अर्थात् ¥याप गतिविधिमा केन्द्रित कार्यशाला गोष्ठी तथा प्रस्तुति सञ्चालन गर्ने उनले सुनाए । यस अवसरमा फुकुशिमाले काठमाडौँ र नेपालगञ्जमा सांगीतिक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
हिपहप कलाका माध्यमबाट अमेरिकामा सामाजिक तथा राजनीतिक परिवर्तनलाई प्रोत्साहित गरेको इतिहास छ । हिपहप कला नेपाली युवामाझ पनि लोकप्रिय बन्दै गएको छ । अल्पसंख्यक समुदायलाई समावेशीकरणका लागि पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
माघ १२ गते शुक्रबार नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय र १३ गते शनिबार ललितपुरको जावलाखेल फुटबल मैदानमा कार्यक्रम गरिनेछ । कार्यक्रममा कलाकार फुकुशिमाको ब्याण्ड, दीपक बज्राचार्य तथा रिदम ब्याण्ड, नर्तक समूह र नेपाल हिपहप फाउन्डेशनले कार्यक्रमको प्रस्तुति गर्ने भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने...एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते
फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...दक्षिण कोरियामा दश लाख बेरोजगार
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...रेडपाण्डाको छालासहित दुई पक्राउ
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...
