Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?

\"\"काठमाडौं  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको छ । व्यापक छलफलमा भएका सहमतिका आधारले एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको नेताहरूले बताएका छन् । दुई दलका अध्यक्षबीच भएका भेटमा प्राविधिक कुरामा भएका सहमतिलाई अाज (आइतबार) बस्ने पार्टी एकता संयोजन समितिले मस्यौदा तयार पारेपछि एकता प्रक्रिया तीव्र गतिमा बढ्ने छ । अाजकाे जनता पोष्टमा खबर छ-एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले एकता संयोजन समितिको बैठक राखेर देखिएका अड्चन समाधान गर्न सहमति भएपछि निर्णायक विन्दूमा पुगेको स्राेतकाे दावी छ । ‘अध्यक्षहरूको छलफलले एकता प्रक्रिया अन्तिम विन्दूमा पुगेको छ । दुई पार्टीको विचार र संगठन व्यवस्थापनका लागि कार्यदल बनाएर त्यसले सहमति जुटाउने समझदारी भएकाे एमाले नेता विष्णु पौडेलले बताए । यसअघिका अधिकांश बैठक तथा छलफलले एकताका लागि सिद्धान्त, सांगठनिक संरचना, पदीय व्यवस्थापनलगायतका विषयमा ठोस सहमति जुटाउन नसकेका दुवै पक्ष पछिल्ला केही दिनयता एकताका विभिन्न आधारमा नजीक देखिएका छन् । तर, एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय अहिलेसम्म टुंगो लागेको छैन । ‘नेतृत्व कस्तो र कति संख्याको बनाउने, गाउँ–नगर, प्रदेश कमिटीहरूको समायोजन कसरी गर्ने र सरकार गठनमा कसरी कार्यविभाजन गर्ने भन्ने प्रश्नमा कार्यदलले सहमति जुटाउँछ,’ पौडेलले भने । ओली र प्रचण्डलाई पार्टीको नेतृत्वमा शीर्ष नेतृत्व कायम गर्ने वा  एमालेको हालको पदाधिकारीलाई यथावत राखेर माओवादीबाट केही शीर्षनेताहरू थप्ने भन्ने विकल्पमा पनि नेताहरू परामर्शमा छन् । एमालेको वर्तमान केन्द्रीय कमिटीको संख्यालाई ६० प्रतिशत आधार बनाएर माओवादीबाट ४० प्रतिशत थपेर महाधिवेशन आयोजक कमिटी बनाउने भन्ने विकल्पमा पनि छलफल भइरहेको नेताहरूले बताए । आइतबार एकता संयोजन समितिको बैठकले यस विषयमा निर्णय लिनेछ । ओलीसँगकोे छलफलबाट पार्टी एकताको ठोस एजेन्डालाई अन्तिमरूप दिनेगरी आवश्यक तयारी गरिएको माओवादी अध्यक्ष प्रचण्डले बताए । शनिबार ओलीसँगको भेटपछि संवाददातालाई दिएको छोटो प्रतिक्रियामा प्रचण्डले भने,‘संयोजन समितिको बैठक बस्ने सहमति भएको हो । बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’ आइतबार बस्ने एकता संयोजन समितिको बैठकमा प्र्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक प्रतिवेदन बुझाउनेछ । कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र जसमा २९ एमाले र १४ माओवादी केन्द्रले पाउने समझदारी भइसकेको छ । माओबादीले प्रदेश ६ र७ मा गरी २ मुख्य मन्त्री र अरू ४ वटा प्रदेशमा सभामुख मागे पनि मुख्यमन्त्री र सभामुखबारे भने सहमति आइतबारै जुट्ने बताइएको छ ।   ओली–प्रचण्डका १७ भेट  -१७ असोज, राष्ट्रियसभा गृहमा बाम एकता तथा पार्टी एकता गर्ने घोषणा -८ कात्र्तिक, बालकोटमा चुनावी कमाण्डर तोक्नेबारे -९ कत्र्तिक,  बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्दै चुनाव समयमै गर्न दबाब -११ कात्र्तिक, बालकोटमा गठबन्धनलाई जिताउन संयुक्त वक्तव्य -२९ कात्र्तिक, गोरखामा नारायणकाजी श्रेष्ठको चुनावी सभामा -३० कात्र्तिक, चितवनमा भरतपुर प्रचण्डको चुनावी सभामा -२ मंसिर, झापामा दमकको ओलीको चुनावी सभामा -३ मंसिर, झापा बिर्तामोडमा प्रचण्डपुत्र प्रकाशको निधनपछि -४ मंसिर,  लाजिम्पाटमा प्रचण्ड पुत्रशोकमा रहँदा देउवासँगै -२९ मंसिर, बालकोटमा राष्ट्रियसभा गठनबारे -२ पुस, बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्दै देउवाको राजिनामा माग -१२ पुस, बालकोटमा राष्ट्रिय सभा गठन अध्यादेशबारे -२३ पुस, बालकोटमा एकता संयोजन समितिको बैठक बस्ने तय -२४ पुस, बालकोटमा कार्यदल गठन -२६ पुस, बालकोटमा कार्यदललार्ई निर्देशन -५ माघ, बालकोटमा कार्यदलको प्रतिवेदनमाथि छलफल -६ माघ, बालकोटमा एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies