Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सीटीईभीटीमा नातागाेताकाे रजार्इ, ३१ जोडी श्रीमान्–श्रीमती

\"\"काठमाडौँ ।  सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र छन । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हरू । अाजकाे कान्तिपुर दैनिकमा खबर छ । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा नातागोतालाई जागिर खुवाएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र साह २१ चैत ०४५ मा सीटीईभीटी प्रवेश गरे । हनुमाननगर १, सिरहाका उनले आफू मात्रै जागिर खाएनन्, भाइ वीरेन्द्र, बुहारी इन्द्रिका र भान्जी कविता साहलाई समेत भर्ती गरे । एमाले सम्बद्ध सीटीईभीटी कर्मचारी संगठनका अध्यक्ष साहले ०६६ असोज २८ मा भाइलाई र ०७० मंसिरमा बुहारीलाई जागिर दिलाएका हुन् । उनका भाइ वीरेन्द्र ग्रामीण तालिम केन्द्र तनहुँमा कार्यरत छन् भने बुहारी लहान प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक छिन् । भान्जी गौर नर्सिङ इन्स्टिच्युटमा कार्यरत छिन् । कांग्रेस सम्बद्ध सीटीईभीटी कर्मचारी संघका अध्यक्ष देवदत्त बडुले श्रीमती पशुपति जोशीलाई पनि जागिर खुवाएका छन् । रामहरि लामिछाने सदस्य सचिव भएका बेला उनले श्रीमतीलाई करारमा छिराएका थिए । ०७२ को आन्तरिक प्रतिस्पर्धाबाट उनी स्थायी भइसकेकी छन् । अहिले उनी सीप विकास परियोजनामा कार्यरत छिन् । माओवादी सम्बद्ध सीटीईभीटी राष्ट्रिय कर्मचारी संगठनका पूर्वअध्यक्ष नेत्रबहादुर खत्रीले पनि दुई दाजु र भाउजूलाई जागिर खुवाउन भ्याएका छन् । सीटीईभीटी मातहतको कर्णाली प्राविधिक शिक्षालय जुम्लामा नेत्रका दाइ गजेन्द्रबहादुर, वीरबहादुर र भाउजू राधिका कार्यरत छन् । नेत्रकै आफन्त तेजबहादुर खत्री अहिले संगठन अध्यक्ष छन् । तेजबहादुरले आफूसहित सीटीईभीटीमा चार दाजुभाइ कार्यरत रहेको बताए । उनले भने, ‘दुई दाइ र एउटा भाइ जुम्लामा काम गर्छन् ।’ तेजबहादुर सीटीईभीटीको प्राविधिक महाशाखामा छन् । अहिलेको संविधानअनुसार लोकसेवा आयोगको संलग्नताबिना सरकारी कर्मचारी छनोट हुन सक्दैनन् । तर यसअघि घुमाउरो बाटो प्रयोग गरेर सीटीईभीटीमा कार्यरत कर्मचारी र नेताले आफन्तलाई जागिरमा छिराएका छन् । यसका लागि सुरुमा करार नियुक्ति गरेर त्यसपछि सीमित आन्तरिक प्रतियोगितामार्फत स्थायी गरिन्छन् । लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीविलास कोइराला भन्छन्, ‘यसअघि सम्बन्धित संस्थाले नै कर्मचारी छनोट गरेका हुन्, अहिलेको संविधान जारी भएपछि मात्र हामीले हेर्न थालेका हौं । अब लिखित परीक्षा हामी लिन्छौं, अन्तर्वार्ता मात्रै उनीहरूले गर्छन् ।’ आकर्षक शाखामा आफन्तै आफन्त वरिष्ठ लेखा अधिकृत प्रमोदभक्त आचार्य नीति निर्धारण शाखामा छन् । उनकी श्रीमती गीता ढुंगाना प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) मा छिन् । केही महिना अघिसम्म प्रमोद पनि टीआईटीआईमै प्रशासनिक प्रमुख पदमा थिए । अर्का वरिष्ठ लेखा अधिकृत टीकानिधि खनाल सीप विकास परियोजनामा छन् भने श्रीमती शोभा सीटीईभीटी (इन्स्योर प्रोजेक्ट) मा छिन् । अर्का वरिष्ठ लेखा अधिकृत उमेश खरेल सीप परीक्षणमा छन् भने उनकी श्रीमती मीना टीआईटीआईमा छिन् । प्रशासकीय अधिकृत विमल ढकाल कानुन शाखामा छन् भने उनकी श्रीमती सीमाकुमारी श्रेष्ठ टीआईटीआईमा छिन् । प्रकाशकीय अधिकृत शैलेन्द्र पण्डित पनिकामा छन् भने उनकी श्रीमती चन्द्रकला पौडेल राष्ट्रिय सीप परीक्षण समितिमा छिन् । कर्मचारी संघका अध्यक्ष बडु सूचना तथा अनुसन्धान महाशाखामा छन् भने श्रीमती पशुपति जोशी सीप विकास परियोजनामा छिन् । प्रशासकीय अधिकृत केशवलाल श्रेष्ठ तालिम महाशाखामा छन् भने उनकी श्रीमती मीनाकुमारी पनिकामा छिन् । ठाकुर भट्टराई र दुर्गा चापागाईंदुवै पति–पत्नी पनिकामै छन् । खेमराम गौतम आन्तरिक लेखा परीक्षणमा र श्रीमती माया राष्ट्रिय सीप परीक्षण समितिमा छन् । निर्देशक जीवनारायण काफ्ले स्तर निर्धारण महाशाखा प्रमुख हुन् भने दाइ रमाकान्त प्रशासन महाशाखामा छन् । जीवनारायण स्तर निर्धारण महाशाखामा सरुवा भएपछि रमाकान्तलाई प्रशासनमा लगिएको हो । यी दुई महाशाखा वल्लोपल्लो कोठामा पर्छन् । सीटीईभीटीको स्तर, राष्ट्रिय सीप परीक्षण समिति, परीक्षा, सीप विकास परियोजना, इन्स्योर परियोजना, टीआईटीआईको जागिर आकर्षक मानिन्छ । परीक्षामा हुनेले ५० प्रतिशत भत्ता पाउँछन् । समितिमा गएको वर्षसम्म अधिकृत तहका कर्मचारीले तलब भत्ताका अतिरिक्त करिब एक लाख रुपैयाँ सुविधाबापत पाएका थिए । ३१ जोडी श्रीमान्–श्रीमती सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारिक सदस्य त छन् नै, श्रीमान्–श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारीसमेत पर्छन् । पूर्वसदस्य सचिव रामहरि लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् । रामहरि भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् । ‘मैले श्रीमतीलाई जागिर लगाइदिनुपर्‍यो भनेर कसैलाई गुहारेर खुवाएको होइन, दुर्गममा सरुवा गरेपछि व्यवस्थापनले नै श्रीमतीलाई पनि जागिर दिएर पठाएको हो,’ उनले भने । कांग्रेस नेता गोविन्दराज जोशीले (०४८–०५१) शिक्षामन्त्री हुँदा सीटीईभीटीलाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाएका थिए । उनी मन्त्री हुँदा गोरखाका सरोज देवकोटा सीटीईभीटीका उपाध्यक्ष थिए । ‘त्यतिबेला उनीहरूले एकैपटक पाँच सयलाई जागिर खुवाए,’ सीटीईभीटीका पूर्वनिर्देशक एवं शिक्षाविद् टंकनाथ शर्मा भन्छन्, ‘सीटीईभीटीमा प्राविधिक पृष्ठभूमि भएका कर्मचारी आवश्यक हो । तर उनीहरूले साधारणतर्फका कर्मचारी भरे ।’ त्यसबेला जागिरमा छिरेकाहरू सबैजसो जोशीका कार्यकर्ता, नातागोता र देवकोटाका आफन्त छन् । यहाँ एकै परिवारका सदस्य र आफन्तको ‘जालो’ रहेका धेरै उदाहरण छन् । कुनै बेला सदस्यसचिव भएका देवकोटा खलकको उदाहरण हेरौं । जिता–६ लमजुङकी रजनी देवकोटाले २१ असार ०५३ मा यहाँ जागिर प्रवेश गरिन् । उनी अहिले प्रशासनिक अधिकृत छिन् । उनका भाइ शंकर न्यौपाने सीटीईभीटीमै जागिरे छन् । पालुङटार–५ गोरखाका उनका देवर रामहरि देवकोटा १४ साउन ०५४ देखि जागिरे छन् । उनीहरूमध्ये रामहरि सीटीईभीटी पोलिटेक्निकमा उपनिर्देशक छन् । रजनी परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा प्रशासकीय अधिकृत छिन् । शंकर स्कुल अफ हेल्थ साइन्स भरतपुरमा छन् । उनीहरूबाहेक पनि यहाँ देवकोटा नाता पर्ने धेरै कर्मचारी छन् । कांग्रेस समर्थक कर्मचारी संघका महासचिव शंकरदेव कोइराला, उनका भतिज कुमार, भतिजी प्रमिला र भतिजी ज्वाइँ शालिकराम डाँगी यहीँका जागिरे हुन् । सेती प्राविधिक शिक्षालय दिपायलका कामु प्रिन्सिपल शालिकरामका साडुभाइ होमनाथ अधिकारी रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्युट इलामका प्रिन्सिपल हुन् । कुमारका दाइ विष्णु कोइरालाले ‘नक्कली सर्टिफिकेट काण्ड’ लागेपछि जागिर छोडे । उनीहरूमध्ये विष्णु सबभन्दा पहिला सीटीईभीटी प्रवेश गरेका थिए । त्यसपछि भाइ कुमार २५ असार ०६३ मा प्रवेश गरे । आमोदप्रसाद उपाध्याय शिक्षामन्त्री भएका बेला अस्थायी कर्मचारी निष्कासन गर्दा कुमार पनि निकालिए । पछि ०६३ मा उनलाई फेरि जागिरमा छिराइयो । शालिकराम ०६७ मा स्थायी भए । उनकी श्रीमती प्रमिलालाई २९ साउन ०७२ मा स्थायी गरियो । लेखा अधिकृत कृष्णबहादुर खडकाकी श्रीमती र साली पनि यहाँ जागिरे हुन् । खडका ०५३ मा प्रवेश गरेका थिए, ०६५ मा स्थायी भए । उनकी श्रीमती बिनु ०५६ मा प्रवेश गरेर ०६५ मा स्थायी भइन् । खडकाले साली इनुलाई पनि सरकारी सेवामा प्रवेश गराए । उनी ०७२ कात्तिकमा स्थायी बनिन् । पूर्व क्षेत्रीय निर्देशक दीपक नेपाली क्षत्रीका पाँच जना आफन्त सीटीईभीटीमा छन् । दीपकभन्दा अघि उनकी श्रीमती उषाले जागिर खाइसकेकी थिइन् । उषा २४ मंसिर ०५३ मा प्रवेश गरेकी हुन् । उषाका भाइ केशव मिश्र र बुहारी सरस्वती मिश्र पनि सीटीईभीटीमै छन् । केशवले ०४५ मा सीटीईभीटी प्रवेश गरेका थिए भने उनले श्रीमती सरस्वतीलाई ०६१ मा जागिरमा छिराए । सरस्वतीे २ वर्षअघि स्थायी भइसकेकी छन् । दीपकले अवकाश पाइसके । लेखा अधिकृत दिनेश लुइँटेलकी श्रीमती सपना न्यौपाने, बहिनी विद्या शर्मा, ज्वाइँ प्रमोद पौडेल र काका तारा लुइँटेल सीटीईभीटीमा जागिरे छन् । उनीहरूमध्ये तारा सबभन्दा पहिला १९ असार ०४१ मा सेवा प्रवेश गरेका हुन् । त्यसपछि दिनेश २ पुस ०५३ मा छिरे । उनकी श्रीमती सपना १ साउन ०७३ मा जागिरे भइन् । दिनेशका ज्वाइँ प्रमोद पनि ०५३ मै प्रवेश गरेका हुन् । पाठ्यक्रम निर्देशक दीपक पौडेलका परिवारिक सदस्यको जागिरको थलो पनि बनेको छ सीटीईभीटी । ५ असार ०४९ मा प्रवेश गरेका पौडेलका बहिनी र ज्वाइँ पनि यहाँ छन् । ज्वाइँ वरिष्ठ लेखा अधिकृत उमेशप्रसाद खरेल ०५३ असारमा प्रवेश गरेका हुन् भने बहिनीले त्यही वर्ष जेठमा जागिर सुरु गरेकी हुन् । परिवारको जालो बनाउने अर्का व्यक्ति टैलेन्द्र आचार्य पनि हुन् । ३० असार ०५४ मा प्रवेश गरेका टैलेन्द्रले आफन्तलाई राम्रै जागिर खुवाएका छन् । भाइ प्रकाश, भतिजा भरत, बहिनी हरिकला र ज्वाइँ खेम पोखरेल ०६६ देखि जागिरे छन् । अर्का भतिज प्रकाश आचार्य भने ४ पुस ०६५ मा छिरेका हुन् । सीटीईभीटीबाट सहजै सूचना नपाएपछि हामीले सूचनाको हक प्रयोग गरेर विवरण लिएका हौं । अहिलेसम्म फेला पारेको तथ्यांकमा यहाँ ३१ जोडी श्रीमान्–श्रीमती मात्रै छन् । ज्वाइँ–जेठान ४ जना, दाजु–भाइ २४ जना, बाबु–छोरा ८ जना, बहिनी–ज्वाइँ ४ जना छन् । त्यस्तै भतिजी र ज्वाइँ २ जना, साडुदाइ–साडुभाइ ८ जना, साला/साली–भिनाजु ६ जना, देवर–भाउजू २ जना, काका–भतिज २ जना, दिदी–भाइ४ जना, भान्जा–भान्जी ४ जना छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies