Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कांग्रेस–मधेसीबीच तालमेलको तयारी

\"\"काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा चुनावमा मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानीसमेत गरिसकेका छन् । अाजको अन्नपूर्णमा खबर छ-मधेसी गठबन्धनसम्बद्ध स्रोतका अनुसार देउवाले ठाकुर र यादवसँग राष्ट्रियसभामा सँगै जानसक्ने सम्भावनाका बारेमा छलफल गरेका थिए । ठाकुर र यादवले भने अहिल्यै निर्णय गर्नु हतारो हुने भन्दै समय आएपछि यस विषयमा छलफल गर्ने आश्वासन दिएका थिए । ‘अहिले नै हामी ठोस निष्कर्षमा पुगिसकेका छैनौं’, यादवले भने, ‘समय आएपछि सबै कुरामा विचार हुन सक्छ ।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका लोकतान्त्रिक गठबन्धन बनाएका कांग्रेस र मधेसी पार्टीले परिपक्व तालमेल गर्न सकेनन् । तर, कांग्रेसले ठाकुर र यादव उम्मेदवार भएको क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो । कांग्रेस नेता बालकृष्ण खाँणले पनि राष्ट्रियसभामा मधेसी दलसँग मिलेर जाने तयारी भइरहेको बताए । ‘यसबारेमा अहिले नै ठ्याक्कै यही हो भन्न नसकिए पनि पुनर्विचारचाहिँ पक्कै हुन्छ’, खाँणले भने । यस्तै सम्भावना मधेसी गठबन्धनका नेताहरुले पनि औंल्याएका छन् । गठबन्धनका एक शीर्ष नेताका अनुसार प्रदेश २ मा समेत सरकार बनाउँदा कांग्रेसलाई समेट्ने कि भन्ने मोडेलमा गठबन्धनभित्र छलफल प्रारम्भ भएको छ । ती शीर्ष नेताका अनुसार मधेसी गठबन्धनले प्रदेश २ मा बहुमत ल्याए पनि कांग्रेसलाई समेटेको खण्डमा प्रदेशसभामा प्रतिपक्षी कमजोर हुनसक्ने आंकलनसहित कुराकानी अगाडि बढेको छ । आगामी माघ ७ देखि राष्ट्रियसभा निर्वाचन कार्यक्रम सुरु हुँदै छ । दलहरूले १० गते उम्मेदवारको मनोनयन गराउनुपर्ने छ । तर कांग्रेस नेताहरू प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सकिएपछि मात्रै यस विषयमा छलफल गर्ने सुरमा छन् । राष्ट्रियसभा निर्वाचनको रणनीति कांग्रेस कार्यसम्पादन समिति बैठकले तय गर्ने नेता खाँणले बताए । ‘भर्खरै आयोगले कार्यतालिका सार्वजनिक गरेको छ’, उनले भने, ‘अब यसबारेमा पार्टीभित्र छलफल गर्न सम्भवतः सभापतिज्यूले कार्यसम्पादन समिति बैठक बोलाउनुहुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies