Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ

\"\"काठमाडौँ । नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म आएर चर्को लबिइङ थालेको छ । कूटनीतिक, राजनीतिक र बिचौलिया (केही व्यापारीहरू)मार्फत युक्रेनले पहल थालेको हो । अाजकाे कान्तिपुरमा खबर छ-युक्रेन हेलिकप्टर एभिएसनको लबिइङपछि नेपाली सेना र सरकारमा कुन प्रकारको हेलिकप्टर खरिद गर्ने भन्ने बहस सुरु भएको छ । सेनाले यसअघि एमआई–१७ खरिदगर्ने जनाइसकेको छ । उक्त कम्पनीलेनेपालमा रहेका पूर्वप्रहरी अधिकारीसमेतको कम्पनीमार्फत त्यस्तो लबिइङ थालेको सैन्य उच्च स्रोतले बतायो । उनीहरूले अमेरिकी निकट मानिने केही व्यापारीहरूलाई समेत प्रभावमा पारेर लबिइङ थालेको अधिकारीहरूले बताए । रुससँग अमेरिकाको सम्बन्ध नराम्रो रहेको अवस्था र अमेरिकासँग नेपाली सेनाको राम्रो सम्बन्ध रहेको कारण त्यो बाटो पनि उनीहरूले उपयोग गर्न खोजेको बुझाइ सेनाका अधिकारीहरूको छ । सत्तामा रहेका राजनीतिक दलका निकटस्थहरूले युक्रेनमा बनेको एमआई–८ लाई एमआई १७ को विकल्प दिन थालेपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले रक्षामन्त्रीलाई भेटेर रसियाबाट खरिद गर्ने विषयमा समस्या नभएको स्पष्ट सन्देश दिएका थिए । उनीहरूबीच गत मंगलबार यो विषयमा पुन: छलफल भएको हो । सेनाले खरिद गर्ने हेलिकप्टर रुसले तत्काल उपलब्ध गराउन नसक्ने तर युक्रेनले त्यही स्तरको हेलिकप्टर तत्काल र निकै सस्तोमा उपलब्ध गराउने जानकारी समेत दिएको छ । यस्तो जानकारीपछि यसमा राजनीतिक दल र सेनाबीच केही मतभेदसमेत देखिएको एक अधिकारीले बताए । उनीहरूले उक्त हेलिकप्टर पनि एमआई १७ जस्तै हुने भन्दै आफूहरू रसिया कम्पनीसँगै खरिद गरेर ‘एसेम्बल’ गरेको बताएको युक्रेनी कम्पनीको प्रस्तुति बैठकमा सहभागीले बताए । नेपाली सेनाले युक्रेनको हेलिकप्टर कम्पनी पनि उत्तिकै राम्रो रहेको भए पनि उनीहरूले रसियन कम्पनीसँग खरिद गरेर एसेम्बल गरेको र केही समयदेखि रसियनले युक्रेनलाई ‘बडी’ उपलब्ध नगराएको सैन्य अधिकारीहरू बताउँछन् । उनीहरूलाई रसियन कम्पनीले ‘बडी’ उपलब्ध नगराएपछि पुराना एमआई–१७ को ‘बडी’ उपयोग गरेर नयाँ एमआई–१७ जस्तो नभए पनि त्यत्तिकै बराबरको रहेको भन्दै बिक्रीमा पहल गरिरहेका हुन् । तर, यो एमआई १७ नै जस्तो भने होइन भन्ने बुझाइ सेनाको छ । सेनालाई भूकम्पपछि विपत् व्यवस्थापनका लागि तीन हेलिकप्टर र अन्य आवश्यक सामग्री खरिद गर्न सरकारले स्वीकृत गरेपछि प्रक्रिया अघि बढेको हो । सेनासँग तीनवटा एमआई १७ हेलिकप्टर चालु हालतमा छन् । सेनाले आफ्ना सातै प्रदेशमा रहेका पृतना र उपत्यकामा गरी आठ हेलिकप्टर राख्ने योजना छ । त्यहीअनुरूप सेनाले तत्कालीन पाँच विकास क्षेत्रलाई पुग्ने गरी खरिद प्रक्रिया अघि बढाए पनि थप गर्दै जाने बताइसकेको छ । यस्तो अवस्थामा युक्रेनले हेलिकप्टर बेच्न पहल थाल्नु स्वाभाविक भएको एक अधिकारीले बताए । युक्रेनको सस्तो भए पनि नयाँ हेलिकप्टर भन्न नमिल्ने तर्क पनि नेपाली सेनाको छ । ‘इन्जिन नयाँ हो तर ‘बडी’ होइन,’ सेनाको उच्च स्रोतले भन्यो । पुरानो ‘बडी’ हुँदा पछि मर्मतमा समस्या पर्ने दाबी सेनाको छ । सरकारले एउटा हेलिकप्टर र दुइटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरिसकेको छ भने थप दुई एमआई १७ (भी–५) हेलिकप्टर खरिद गर्न समेत स्वीकृति दिएको हो । कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई–१७ खरिद गर्न सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको जनएको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सपोर्टसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी नेपाली सेनाको छ । तर युक्रेनले नेपालमा नै आएर गत महिना एक प्रस्तुति दिएपछि विकल्पबारे बहस सुरु भएको हो । ‘मैले पनि युक्रेनको हेलिकप्टरको प्रस्तुति उनीहरूबाटै सुनें । त्यो पनि एमआई १७ जस्तै रहेको उनीहरूको दाबी छ । रसियाबाट ल्याउन नसक्ने अवस्था हो भने सस्तोमा उस्तै हेलिकप्टर आउने हुनाले अर्को विकल्प पनि खुला गर्न आवश्यक छ,’ रक्षामन्त्री भीमसेनदास प्रधानले भने, ‘खरिद गर्दा हामीले विकल्पबारे पनि सोच्नुपर्छ । कुरा सुन्दैमा बिग्रँदैन, मैले नेपाली एजेन्ट चिनेको छैन । तर, उतैबाट आएका टोलीले यहाँ प्रस्तुति गरेका थिए । बसेर सुनें । उनीहरूले दिएको दुई कम्पनीको तुलना पनि अध्ययन गरें ।’ सेनाले एमआई–१७ हेलिकप्टर किन्ने विषय पुरानै हो भन्दै रक्षामन्त्री प्रधानले भने, ‘खरिदको प्रस्ताव मैले पाएको छैन । हेलिकप्टर खरिद गर्दा विक्रेतालाई पैसा पठाउन कठिन छ । छलफलका लागि रुसी टिम नेपाल आउने पनि सुनेको छु । मसँग रुसी टिमले कुरा गरेको छैन, सायद सेनासँग छलफल भइरहेको होला ।’ छलफलपछि अन्तिम टुंगोमा पुगिने उनले बताउँदै भने, ‘यो सरकारबाट नभए अर्को सरकारले गर्छ । ‘जीटुजी’ (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रुससँग थप दुई थान एमआई–१७ हेलिकप्टर खरिद गर्न लागेको हो ।’ यस्ता हेलिकप्टरको मूल्य एक अर्ब ७० करोड पर्ने बताइए पनि केही सस्तो हुन सक्ने भन्दै सरकारी सम्झौतामा नै आउने हुनाले यसमा मूल्य घटाउन सरकारी स्तरमा छलफल गरे सहज हुने अधिकारीहरूले बताए । ‘सेनाले खरिद गर्ने हेलिकप्टर ‘मल्टिप्रपोजको हुनेछ । दुर्गममा खाद्यान्न बोक्नदेखि विपत् व्यवस्थापन, भीआईपीलाई बोक्न समेत उपयोग गरिनेछ,’ सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ, ‘यसअघिका पनि त्यही तवरबाट उपयोग भइरहेका छन् । एउटा एमआई १७ बिग्रेको थियो, बनेपछि हाल तीन चालु अवस्थामा छन् ।’ सेनाले खरिद गर्ने हेलिकप्टर दुई सरकारबीच हुने सम्झौताबाट आउने हुनाले धेरै आशंका पाल्न नपर्ने जानकारी प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक नेतालाई जानकारी दिएको छलफलमा सहभागीले उनलाई उद्धृत गर्दै भने, ‘एमआई १७ हाम्रा लागि उपयुक्त हेलिकप्टर हो । अर्कोबारे नेपाली सेनाले ध्यान दिएको छैन । रसियाबाट अमेरिकाले पनि यस्ता हेलिकप्टर खरिद गरेको छ । यसमा दुईपक्षीय सम्बन्ध जोड्ने काम एजेन्टहरूले गरेका होलान्, हामीलाई थाहा छैन ।’ विपत् व्यवस्थापनका लागि सेनाले माग गरेको रकम अपुग भएमा सरकारले थपेर समेत दिने गरेको छ । अमेरिकाले रुसी सरकारी स्वामित्वमा रहेको हेलिकप्टर विक्रेता एजेन्सी रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाएका कारण रकम भुक्तानी गर्न कठिनाइ हुन सक्ने भन्दै छलफलका लागि रुसी टिम पनि नेपाल आएर छलफल भइरहेको बताइएको छ । रोसोबोरोनेक्सपोर्ट विश्वकै दोस्रो ठूलो सैन्य सामग्री निर्यातकर्ता हो । विश्व बजारको पाँच भागको एक भाग यही कम्पनीको वर्चस्व छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies