Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

उत्तर कोरियालीले हानेकाे क्षेप्यास्त्र किम जाेनकाे शहरमा खसेपछि…

\"\"आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो । परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो ।

\'दि डिप्लोम्याट\' पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा त्यसबारे चर्चा गरिएको छ । सम्पादक अंकित पाण्डा र \'जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफिकेशन स्टडीज\'का अनुसन्धानकर्ता डेभ सिजमर्लरले उक्त विश्लेषण लेखेका हुन् । सो विश्लेषणमा जनाइए अनुसार गत एप्रिल २८ तारिखमा उक्त घटना भएको थियो । अमेरिकी सरकारी स्रोतहरूका अनुसार उक्त क्षेप्यास्त्रको परीक्षण ठिक तरिकाले हुन नसकेपछि त्यो आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन । अंकित पाण्डाले भने, \"क्षेप्यास्त्र परीक्षणका लागि तयार पारिएकै बेला इञ्जिनले काम गर्न छाड्यो जसका कारण क्षेप्यास्त्र आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।\" उनले थपे, \"क्षेप्यास्त्रमा तरल इन्धन हुन्छ र क्षेप्यास्त्र प्रक्षेपण गर्ने बेला ठूलो विस्फोट हुन्छ । यसको प्रमाण हामी भूउपग्रहबाट प्राप्त तस्वीरबाट पाउन सक्छौँ ।\" उक्त क्षेप्यास्त्रको परीक्षण विफल हुँदा त्यसबाट हुन गएको नोक्सानीबारे भूउपग्रहबाट प्राप्त तस्वीरका आधारमा चाहिँ लख काट्न गाह्रो छ । टोकचोन शहरमा खसेको ह्वासङ-१२ नामक उक्त क्षेप्यास्त्र मध्यम दूरीको थियो । अरू बेलामा जस्तो प्योङयाङले सो क्षेप्यास्त्रबारे कुनै दावी गरेन तर अन्तर्राष्ट्रिय समुदायबाट उसको कडा आलोचना भयो । एप्रिलमा पाएको असफलतापछि मेमा दोस्रो पटक गरिएको उक्त क्षेप्यास्त्रको परीक्षण सफल भएको थियो । लगातार परमाणविक परीक्षण गरेका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना खेप्दै आएको छ । संयुक्त राष्ट्रसंघीय र अमेरिकी प्रतिबन्धका बावजुद उसले आफ्ना पारणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । गत नोभेम्बरमा अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको उत्तर कोरियाले त्यसको पहुँचमा पूरै अमेरिका भएको दावी गरेको थियो । नयाँ वर्षको शुभकामना दिँदै उत्तर कोरियाली नेता किम जाेन-अनले आफ्नो देशको परमाणु अस्त्रको बटन आफू नजिकै रहेको बताएका थिए । जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन \'धेरै ठूलो\' र \'झन् बढी शक्तिशाली\' रहेको बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies