Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पर्दा उघ्रिएपछि

\"indraउफ ! पाँचवटा तल्लाको भर्याङ पनि किन योविधि लामो भएको होला ? जत्ति ओर्लिए पनि किन नसक्किएको होला भ¥याङ्कको शृङ्खला ? दायाँ हल्लिएको छ, बायाँ हल्लिएको छ । मजबुतीका साथ समात्दा पनि आफ्नै शरीर थाम्न सकिरहेको छैन । भर्याङ ओर्लिनेक्रममै चक्कर लागिसक्यो । पेट हुँडलिएर बान्ता होला होलाभैंm भइरहेको छ । आत्तिएर दौडिँदा चियाको ग्लास बोकेरै दौडिएछु । आफैले बोकेको ग्लासबाट पोखिएको चियामा चिप्लिएर एकैचोटि तीन खुड्किला तल झर्दा खुट्टा धसारिनु र शरीर थाचारिनु एकैचोटि भएकोले पीडाले मरणान्त भएर म त भ¥याङ्कको आधा बिसौनीमै लोट्न पुगेछु । ‘के भयो सर, हजुरलाई गारो भयो ?’— संस्कारको प्रश्नको जवाफमा मैले केही बोल्नै सकिन बरु पीडा अाँसु बनेर अाँखाबाट छचल्कियो । उसले मेरो जवाफको प्रतीक्षा नै नगरी मलाई दूधे बालक झै जुरुक्क उठायो र भर्याङ ओर्लिन थाल्यो । हामी खुल्ला चौरमा पुग्दा आज बैशाष २९ गतेको त्रास अाफै थामिएको थिएन । संस्कारले मर्किएको मेरो गोडा तनाकतुक पारिदिएकोले मैले अलि राहतको अनुभव गरिरहेको थिएँ । अहो ! कार्यालय त खुल्लै छाडिएछ । मनै चिसो भयो । मेरो मनको कुरो बुझेभैं संस्कार कार्यालयतिर दौडियो । निजी प्रतिष्ठानमा मभन्दा तीनचार तह मुनिको कर्मचारी संस्कारको बोली, वचन र व्यवहार मलाई कहिल्यै निको लागेन । उसको छवि पैसालोलुप र अल्छीको भन्दा गुणस्तरीय थिएन नै । त्यसैले तीन बर्षे कार्यकालमा उसको र मेरो सम्बन्ध औपचारिकताभन्दा अघि बढ्न सकेन । तर बैशाष १२ गतेपछिको दिन अर्थात् आज फेरि एकपटक धर्ति थर्किरहेको बेलामा कार्यालयका अन्य कर्मचारीहरु कता गए र यो संस्कारमात्र मेरो नजीक छ ? भयभीत भएर ज्यान जोगाउँन भाग्ने क्रममा कर्मचारीहरुको तलब बाँड्न ल्याएको तीन लाख चालीस हजार रुपैया, आई फोन र गाडीको साँचो पनि छाडेर भागिएछ, जुत्ता लाउने त झन कसको होस् हुन्थ्यो र ? त्यहीबेलामा संस्कारले पैसा, मोवाइल र गाडीको साँचो ल्याएर मेरो हातमा राखिदियो । मैले उसलाई हेरिरहँदा उसले अर्को हातले मेरो जुत्ता पनि म नजिकै राखिदियो । ‘संस्कार ....। ’— म उसलाई धेरै कुरा भन्न चाहन्थें तर भाव अनुकुलका शव्द मैले भेटिरहेको थिइनँ । के मानिसलाई चिन्न एउटा शताव्दीको दोश्रो ठूलो भूकम्पको आवश्यकता पर्छ ? के म यस्तै सोचिरहेको थिएँ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies