Khabar Dabali Logo
  December 14, Sat

कान्तिभैरव गुरुकुललाई आर्थिक सहयोग

काठमाडौँ । वैदिक ज्ञान प्रचारप्रसारमा योगदान गर्दै आएको गोकर्णेश्वर–४ स्थित कान्तिभैरव गुरुकुललाई दाताले रु एक लाख १०५ सहयोग गरेका छन् । गोकर्णेश्वर–८ निवासी समाजसेवी दीपकसिंह भण्डारीले गुरुकुलको सहयोगार्थ नगद सहयोग गर्दै आम जनमानसमा वैदिक ज्ञान फैल्याउन प्राचीनकालदेखि नै गुरुकुलले सहयोग गर्दै आएको बताए ।

गुरुकुलजस्ता प्राचीन शिक्षालयको प्रवद्र्धन गर्न सकेमा मात्र गौरवशाली पूर्वीय संस्कृति सुरक्षित हुन सक्ने उनको धारणा थियो । विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील भण्डारीले धार्मिक, शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । नगरपालिकाको धार्मिक समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसेले पुरातन संस्कृतिको जगेर्नामा स्थानीय सरकार लागिपरेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, समिति संयोजक पण्डित दिवाकरप्रसाद भण्डारी, समिति सदस्य कुलप्रसाद पुडासैनी, प्रा डा ऋषिराम पोखरेल, डा चिन्तामणि योगी, गुरुकुलका प्राचार्य श्रीराम अधिकारीले गोकर्णेश्वर, उत्तरवाहिनी क्षेत्रलगायत नगर क्षेत्रका धार्मिक सम्पदालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । गुरुकुलमा ६० जना विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययनरत छन् । यहाँका बटुकले राष्ट्र एवं विश्वशान्तिको सङ्कल्पले दैनिक वैदिक रुद्राभिषेक महायज्ञसमेत गर्दै आएका छन् ।

मंसिर १ गते, २०७६ - २०:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले...   

सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक

काठमाडौँ । उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण...   
अब कुमारीलाई मासिक १५ हजार भत्ता दिइने

अब कुमारीलाई मासिक १५ हजार भत्ता दिइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले...   

चितवनमा बस पल्टँदा १३ घाइते

चितवन । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला...   

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन्...   

भक्तपुरमा बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको...   
भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा

भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा)...   
उपसभामुखलाई नै सभामुख बनाउन जरोकिलो पार्टीकाे माग

उपसभामुखलाई नै सभामुख बनाउन जरोकिलो पार्टीकाे माग

काठमाडौ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको...   

सडक दुर्घटनामा परी तेह्रको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी...   

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

सर्लाही। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top