Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

रुपन्देही । चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय ः नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन् । तर, रुपन्देहीमा भने त्यस्तो भएन । चुनावी प्रतिबद्धताको समीक्षासहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका प्रश्नको जवाफ दिन उपस्थित भएका यहाँका नेताले शिर ठाडो पारेर बोले । नेताहरुले चुनावी प्रतिबद्धताअनुरुप भइरहेका विकासे आयोजनाको फेहरिस्त जनता सामु राख्दा यहाँका सर्वसाधारण खुशी हँुदै ताली बजाए ।

नमस्ते नेपाल नामक संस्थाले बुधबार साँझ शङ्करनगरमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा रुपन्देही क्षेत्र नं– २ का सांसद विष्णु पौडेल, क्षेत्र नं २ का प्रदेशसभा सदस्य लीला गिरी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई निम्ता गरिएको थियो ।

कार्यक्रममा आयोजकले चुनावअघि जनतासामु गरेका प्रतिबद्धता कति पूरा गरे भनेर प्रश्न गर्दा सांसद विष्णु पौडेलले आफूले सम्पन्न गरेका कामको लामो सूची प्रस्तुत गर्नुभयो । गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको प्रगतिदेखि भैरहवा बुटवल ६ लेन सडक, अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र, स्थायी प्रदर्शनी केन्द्र, सरकारी मेडिकल कलेज, तिनाउ नदीमा निर्माण भइरहेका पाँचवटा पक्की पुल, ४ लेन बन्दै गरेको बुटवलकोे कालीकापथ, मोतिपुर औद्योगिक क्षेत्र, बेलवास नुवाकोट तथा बेथरी बेलवास पर्यटन सडक, बुटवल र सैनामैनाका नगर परिक्रमा पथलगायतका ठूला–ठूला विकासे आयोजनाका प्रगतीका विषयमा जानकारी दिएयो ।

पौडेलले आफ्नो निर्वाचन क्षेत्रमात्रै होइन सिङ्गो रुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउने प्रतिबद्धता गर्दा मतदाता खुशीले गदगद भए । कालीगण्डकी डाइभर्सन प्रक्रिया, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, सैनामैनामा नमूना सङ्ग्रहालय निर्माण जस्ता महत्वपूर्ण आयोजना निर्माणको काम पूरा गर्न स्रोत पहिचान गरी बजेटको व्यवस्था गर्ने उनले बताए ।

महासचिव पौडेलले भैरहवा–लुम्बिनी सडक, लुम्बिनी–तौलिहवा सडक, बुटवल– बेथरी सडक, बुटवल– नारायणगढ सडक, बुटवल–कोहलपुर, बुटवल–पोखरा सडक निर्माण तथा स्तरोन्नतिपछि रुपन्देही उच्चस्तरको सडक सञ्जालले विभिन्न जिल्लासँग जोडिने बताएयो ।

सो अवसरमा महासचिब पौडेलले आफ्नो अभिभारा काँधमा बोकेर नेकपा नेतृत्वको सरकार अगाडि बढेकाले जनताले यसको सही मूल्याङ्कन गर्ने धारणासमेत राखे । “हामीले चुनाबमा गरेका प्रतिबद्धता सिरानीमा राखेर यहाँहरुले अध्ययन गरिदिनुहोला”, महासचिव पौडेलले भने,“ ६० महिनापछि प्रतिबद्धताको समीक्षाका लागि फेरि आउनेछौ ।”

उहाँले सामाजिक सुरक्षा, गरीबी निवारण, पूर्वाधार विकास, राष्ट्रको सम्मान र स्वाभिमान वृद्धि गर्ने सवालमा महत्वपूर्ण काम भएको उल्लेख गरे । शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमासमेत धेरै काम अगाडि बढेको उनले बताए । महासचिव पौडेलले सुकुम्वासी समस्या स्थायीरुपमा समधानका लागि कानून निर्माण भएकाले अब काम अगाडि बढ्ने बताए।

महासचिव पौडेलले प्रदेश– ५ को अस्थायी राजधानीलाई स्थायी राजधानीको रुपमा प्रदेशसभाले परिणत गर्ने विश्वास व्यक्त गरे । संसारले चिनेको लुम्बिनीसँग प्रदेशको नामाकरण जोडिने विषयमा कसैले प्रश्न नउठाउने उनको भनाइ थियो । “भौतिक र मानवीय विकासको दृष्टिकोणले रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउने हाम्रो अठोट हो”, महासचिव पौडेलले भने,“मेरो प्रयासमा भएका विकास निर्माण र आयोजनाका काम पूरा गरेरै छोड्नेछु ।”

कार्यक्रममा प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश– ५ लाई मुलुककै नमूना प्रदेशको रुपमा निर्माण गर्नका लागि काम अघि बढाएको बताए । उनले आर्थिक प्रगति र कामका हिसाबले अन्य प्रदेशको तुलनामा प्रदेश अगाडि रहेको बताए । मन्त्री गिरीले रुपन्देहीका विभिन्न स्थानलाई शहरीकरणकोरुपमा विकास गर्नका लागि सडक, खानेपानी, ढल निकास र सञ्चारको विस्तारका लागि स्थानीय तहसँग छलफल भइरहेको बताए । मन्त्री गिरीले प्रदेशको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगलाई प्राथमिकतामा राखेर विभिन्न योजना र कार्यक्रम तय गरेको उल्लेख गरे ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पनि नगरको विकासका लागि भइरहेका गतिविधिको लामै सूचि पेश गरे । स्थानीय तहमै पहिलो पटक तिलोत्तमा लगानी सम्मेलन सम्पन्न गरेको तिलोत्तमाले प्रस्ताव गरिएका २२ वटा परियोजना कार्यान्वयनको चरणमा रहेको प्रमुख घिमिरेले बताए । नगरले गुणस्तरीय शिक्षा, स्वास्थ्यलाई जोड दिँदै विभिन्न कार्यक्रम बनाएको बताए ।

ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको बताउँदै नगरप्रमुख घिमिरेले ज्येष्ठ नागरिक र गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउनुभयो । नगरमा कृषि, पशुपालन, उद्यमशीलता, उद्योग प्रवद्र्धन, फोहरमैला व्यवस्थापन, बजार अनुगमन जस्ता कायर्कलाई प्रभावकारी ढङ्गले अगाडि बढाएको उनले बताए ।

कतिपय समस्या रहे पनि अधिकांश राम्रा काम भएको स्थानीय मतदाता देवी वाग्लेले बताए । खासगरी सांसद पौडेल र नगर प्रमुख घिमिरेले यहाँको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै मतदातले प्रशंसा गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies