


बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)



- कात्तिक २६ गते, २०७६ - २०:२६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेका थिए ।
विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए ।
सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गर्नेछन् । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।
राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन्। नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ ।
तस्विरहरू:






यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर : मञ्जिभसिंह पुरी
काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा...रङ्गशालाको अवलोकन, सहयोगमा कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पौडेलको पैतिबद्वता
चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय...प्लास्टिक कारखानामा आगलागी : जलेर आठ जनाको मृत्यु, २४ जना गम्भीर
ढाका । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु...नागरिकता संशोधनपछि भारतमा आजपनि आन्दोलन, इन्टरनेट सेवा अवरुद्ध
भारत । भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा...मेलम्चीका सहायक ठेकेदारको भुक्तानी अझै टुङ्गो लागेन
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी...तुम्कोट भिरमा टिपर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते
हुम्ला । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी...मारुती सिमेन्ट उद्योगमा आत्महत्या प्रकरण : तीन दिनदेखि मजदूरको शव अस्पतालमै
लहान । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार...जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ । बैंकमा पुगेर...१९ वर्षीया सन्तोष पन्त मृत भेटिए
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा...काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डाहरू
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक...

प्रतिकृया लेख्नुहोस्:
- बोहराटारमा किन जुटेन देउवा–पौडेलबीच सहमति ?
- धनुषा विस्फोटका अपराधीलाई हदैसम्मको कारवाही हुन्छ : गृहमन्त्री थापा
- आन्तरिक विवाद सुल्झाउन काँग्रेस सभापति देउवा पौडेल निवासमा कफि वर्ता गर्दै
- यी हुन् महशुल नतिर्ने उद्योग, समयमै महशुल नतिर्नेमा घरेलु ग्राहक बढी
- धनुषाको महेन्द्रनगर बजारमा बम विस्फोट हुदाँ २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर
- नेकपामा विधान बहस : ‘समाजवादोन्मुख जनवाद’ का लागि ‘जबज’ हटाइने
- लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन
- भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना
- जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री
- भक्तपुरमा बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते
- बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने
- सरकारले परिवर्तनको अनुभूति दिन सकेमात्र जनताको विश्वास बढ्छ : पूर्वप्रधानमन्त्री नेपाल
- आज बस्ने नेकपा सचिवालय बैठक स्थगित
- हिमपातले बार्षिक परिक्षामा सामेल विद्यार्थी प्रभावित, बालबालिकाको रुहाबासी
- उच्च पहाडी र हिमाली भेगमा हिमपात , उपत्यकामा हल्का वर्षा