Khabar Dabali Logo
  February 29, Sat

आकासे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन – नेता खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्।

पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले भने, “जुन लोकप्रिय र प्रभावकारी रुपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन, आकासे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन ।” तीव्र गतिमा कार्य सम्पादन गरी ठोस ढङ्गले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनःगठनका बारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताए। सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय लिइने उनको भनाइ थियो ।

अशोज २९ गते, २०७६ - १६:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार : भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले...   

नयाँदिल्ली हिंसा जारी : मृतकको सङ्ख्या ४२ पुग्यो, ३५० भन्दा बढी घाइते

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म...   
पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा...   

सन्दीप बने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । सन्दीप लामिछाने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्...   

सिंहदरबारकै स्वरुपमा प्रदेश केन्द्रीय सचिवालय भवन निर्माण हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा...   

स्मार्ट फोनको कारण यौनजीवन बर्बाद !

एजेन्सी । स्मार्टफोनको अत्याधिक प्रयोगको कारण यौन जीवननै बर्बाद हुन पुगेको विभिन्न अध्ययनहरुले देखाएको...   
मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

काठमाडौँ । मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकिएको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको...   

विश्वमै फैलिँदै कोरोनाको त्रास, सङ्क्रमितको सख्या कुन देशमा कति पुग्याे ?

काठमाडौं । वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा...   
अदालतको निर्णय मात्र न्याय होइन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

अदालतको निर्णय मात्र न्याय होइन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक...   

फेरिँदै उपत्यकाको सडक : तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र

काठमाडौं । काठमाडौँ उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top