Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।

स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र यात्रुले सास्ती खेप्नु परेको भन्दै दबाब दिन स्थानीयवासीले सडक ठप्प पारेका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालिएको हो । चाबहिलबाट साँखु जाने सडक कालोपत्र नगरेका कारण दबाब दिन चक्काजाम गर्नुपरेको समितिका अध्यक्ष मिलन खड्काले बताए ।

सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायत सडकमा खाल्टाखुल्टी तथा हिलो छ । दैनिक हजारौँ उपभोक्ताले सडकका कारण निकै कष्ट भोग्नु परिरहेको स्थानीयवासी पुरुषोत्तम चौलागाईंले बताए। स्थानीयवासी दिलीप श्रेष्ठ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिको पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताए । सडक निर्माणमा विलम्ब भएको र स्थानीयवासीले खेप्नु परेको दुःखका कारण सडक बन्द गर्नुपरेको उहाँको भनाइ छ ।

सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा सडक बनाउने योजना ल्याएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरी त्यही वर्ष असोजमा चार निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । एघार दशमलव ४६ किलोमिटर लामो उक्त सडक विस्तार समयमै नसकेपछि थप एक कम्पनीलाई जिम्मा दिइएको थियो । अहिलेसम्म उक्त सडकखण्ड विस्तार सकिएको छैन ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies