Khabar Dabali Logo
  October 21, Mon

व्यवस्था असफल होइन सरकार असफल हो संविधान कार्यान्वयनमा सरकार पूर्ण असफल भयो

काठमाडाैं । संविधान समावेशी छ, राम्रो प्रजातान्त्रिक छ । यो संविधानले गणतन्त्र, संघियता लोकतान्त्रिक मुल्य मान्यतासहितको संसदीय व्यवस्थालाई स्वीकार गरेको छ । समावेशीतालाई आत्मसाथ गरेको छ ।

संविधान निर्माणको यो प्रक्रियामा देशमा सबैभन्दा लामो इतिहास भएको पार्टी नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका भएको कुरालाई सम्झदा गर्व लाग्दछ ।

आज संसदको चालु चौथो अधिवेशनेको अन्त्य पनि हुँदैन् । संसदको यो अधिवेशनले जनताको हितमा के कस्ता कामहरु गर्यो के कति विधेयक र महत्वपूर्ण प्रस्तावमा छलफल गरि निर्णय गर्यो त्यसको विवेचना हुने नै छ । संविधान कार्यान्वयनमा आईसकेपछि तिनै तहको निर्वाचन सम्पन्न भई संविधान कार्यान्वनयन भएको थियो । त्यसले संविधानले कल्पना गरेका संरचना तयार गर्ने काम गर्यो । तर पछिल्लो समयमा संविधानको मर्म र भावना अनुरुप आवश्यक कामहरु हुन सकेको छैन् । पछिल्लो निर्वाचनमार्फत वर्तमान सरकारले दुईतिहाई मतका यो संविधानको कार्यान्वयन गरि सर्वोत्तम हित गर्ने जिम्मा पाएको थियो ।

वर्तमान सरकार गठन भएको डेढ वर्ष पुग्दासम्म संविधान प्रति अपनत्वको दायरा प्रस्तुत गर्ने, संविधानमा सर्वस्वीकार्यता स्थापित गर्ने, संविधानको मर्म र भावनाअनुरुप कार्यान्वयन गर्ने र संघीयताका बाँकी कार्यभार पुरा गर्ने दिशामा सर्वथा असफल हुनु अत्यन्त दुःखको कुरा हो ।

सरकार सर्वशक्तिमान बन्न खोज्यो

यति मात्र होइन् सरकार एकपछि अर्को संविधान विरोधी कार्य गर्न उद्धत भएको छ । संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ती पृथकीकरण र सन्तुलनको व्यवस्था गरेको छ । तर, सरकार न्यायपालिकामाथि हस्तक्षेप गर्ने र व्यवस्थापिका संसदलाई आफ्नो खेलौना बनाउने प्रर्यत्नमा छ । संवैधानिक व्यवस्था अनुरुप सबै संवैधानिक निकाय स्वतन्त्र हुनुपर्नेछ तर सरकार मानवअधिकार आयोग जस्तो निष्पक्ष राख्नुपर्ने संस्थामाथि नियन्त्रण गर्दैछ । सरकारको काम कारबाहीलाई निगरानी गर्नु पर्ने र स्वतन्त्र हुनपर्ने आयोगहरुमाथि पनि सरकारले नियन्त्रण राख्ने काम भएको छ ।

संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड गर्ने संघियताको आधारमा राज्यव्यवस्था सञ्चालन गर्ने कुरा गरेको छ । सरकारको अधिकारको विकेन्द्रिकरण नगरी शक्तिलाई सर्वशक्तिमान गराउने काममा लागेको छ ।

भ्रष्टाचारमा शुन्यसहनशिलता गफ मात्रै

संविधानले भ्रष्टचारको अन्त्य गरी सुशासनको प्रत्याभुति गर्ने, विकास निर्माण गर्ने र नेपाललाई समृद्ध बनाउने परिकल्पना गरेको छ । तर ठुला–ठुला योजनाहरुको आवश्यक पूर्वाधार बन्न सकेको छैन् । सरकार विकास निर्माणमा सुस्त देखिएको छ ।

प्रधानमन्त्रीले भ्रष्टाचारमा शुन्यसहनशीलताको नारा दिनुभएको थियो तर नेपालमा सबैभन्दा ठुलो भ्रष्टाचारको घटना उहाँको डेढ वर्षको अवधिमा भएको छ । वाईडबडी, न्यारोबडी जहाज प्रकरण, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण यस्ता उदाहरण मात्रै हुन् । सम्पूर्ण राज्यसंरचनाको भ्रष्टीकरण गर्ने काम भएको छ ।

पूर्व समयमा पनि यहि रोष्टमबाट भ्रष्टाचारबारे मैंले कुरा उठाएको थिएँ आजपनि अपिल गर्न चाहन्छु, भ्रष्टचारमा कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन् । छानविन आवश्यक छ । र त्यसका लागि प्रतिपक्षको पूर्ण सहयोग रहनेछ ।

सरकार अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै

संविधानले प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको छ । संविधानमा सुसुचित हुने अधिकारलाई मौलिक अधिकारमा राखेको छ । तर, सरकार जनताको सुसुचित हुने मौलिक हकमा बन्देज लगाउन चाहन्छ ।

सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई राजनीतिक आस्थाका आधारमा सेवाबाट हटाउने, विभिन्न रुपमा सञ्चार जगतलाई त्रसीत गर्ने आतंकित गर्ने काम भएका छन् । नेपालको संविधानले अभिव्यक्तिको स्वतन्त्रताको कुरा गरेको छ । त्यसमाथि पनि प्रहार भएको छ ।

विदेश नीतिमा असफल

विदेश नीतिमा सरकार असन्तुलित र गैरजिम्मेवार बनेको छ । देशको सुरक्षा जस्तो विषयमा संविधान विपरित कानून बनाउन चाहन्छ । संविधानलाई कार्यान्वयन गर्ने र सुद्धढ गर्नेगरि कानून बनाउन सकेको छैन् बरु संसदमा एकपछि अर्को संविधान विपरित विवादास्पद विधेयक ल्याउने, प्रतिपक्षको भनाई नसुन्ने, बलजफ्ती विधेयक पास गर्दै कानून बनाउने काम भएका छन् ।

शान्ति सुरक्षा कायम गराउन असफल

देशको शान्ति सुरक्षा अत्यन्तै नाजुक बन्दै गईरहेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्रने र निर्मलालाई न्याय दिने त काम नै गर्न चाहन्न । महिला हिंसालाई समग्रमा निरुत्साहित गर्न सरकार प्रभावकारी उपस्थित हुन सकेको छैन् । बलात्कारका अनेकौं घटनाका समाचार देशभरबाट आईरहेका छन् । पछिल्लो समय विरगञ्जमा फेरि एसिड आक्रमणको घटना भएको छ । सरकार नियन्त्रण गर्ने संस्थाभन्दा तथ्यांक संकलन गर्ने निकाय जस्तो बनेको छ ।

राष्ट्रिय जागरण अभियानको क्रममा बाँकेमा श्रीमति किरण कोइरालामाथि नेकपाका कार्यकर्ताले आक्रमण गरि हात भाँचिदिएका छन् । त्यसको एकसाता पनि पुगेको छैन् । प्रतिपक्ष दल पनि जिल्ला सभापति त्यो पनि ७० वर्ष पुग्न लागेकी बृद्ध महिलाको नेतृत्वलाई सम्मान र सुरक्षा हुन सक्दैन् भने म सोध्न चाहन्छु प्रधानमन्त्री तपाईंको हाजिरीमा को सुरक्षित छ ?

नेपालको संविधानले सुनिश्चित गरेको कुरा छ, विना हातहतियार भेला हुन पाउने, आफ्ना कुरा राख्न पाउने । त्यसका लागि व्यवस्था परिवर्तन भएको हो । राजा, पञ्चायत र राणा त्यसैका लागि हटाएको हो । तिनै अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाले सभा त्यो पनि हलभित्र गर्न खोज्दा सत्तारुढका कार्यकर्ता पसेर हातपात गरेर घाईते बनाउने काम भएको छ । म प्रधानमन्त्री ओलीलाई सोध्न चाहन्छु, के यसैका लागि हामी लडेको हो ?

त्यसको लागि सदन अवरुद्ध गर्नुपर्यो । यो सबैभन्दा ठुलो प्रजातन्त्रको खिलाफमा यस्ता कामहरु भएपछि प्रजातन्त्रको निमित्त लड्नुपर्ने फेरि दिन आउन सक्छ ।

जनतालाई राहत होइत आतह भो

वर्तमान सरकार बनेपछि आकाशियको बजारमुल्य चाडपर्व आएपछि झनै बढ्दै गएको छ । जनतामा राहत होइन् आहत भएको छ । संघीय सरकारदेखि स्थानीय सरकारसम्म चौतर्फी कर बृद्धि गरि जनतालाई थप मर्कामा पारिएको छ । उद्योगमाथि चर्को कर थोपरिएको कारण व्यवसायीले व्यवसाय गर्न नसक्ने स्थिति बन्दै गएको छ । देशमा उद्योग सञ्चालन गर्ने स्थिति छैन् । विदेशीले लगानी गर्ने अनुकुल अवस्था पनि छैन् । आर्थिक समृद्धिको नारा कोरा मात्रै भएको छ । बेरोजगारी ह्वात्तै बृद्धि भएको छ । जनताका आधारभूत आवश्यकता बारेमा समेत सरकारले कुनै ध्यान दिएको छैन् ।

जनताको असन्तुष्टीको कारण सरकारकै कार्यशैली

लोकतन्त्रमा कसैको पनि विजय लामोसमयसम्म हुँदैन् । यो विर्सेर दम्भको मनोविज्ञान राख्नु जवाफदेहिमा कमी हुनु, अरुचीकर अभिव्यक्तिहरु सम्प्रेषित हुनु असन्तुष्टी बढाउने कार्य छन् । यो असन्तुष्टीलाई व्यवस्थाकै असन्तुष्टी भनेर अतिरञ्जित बनाउने ढंगले व्याख्या गर्नु हुँदैन् । सरकारले आफ्ना काम कारबाहीमा सुधार गर्नुपर्छ । व्यवस्था सुद्धिढिकरणमा समस्त जनताको साथ रहनेछ ।

जनतामा असन्तुष्टी बढ्नुमा सरकारले अघि बढाउन खोजेका अलोकतान्त्रिक र असवैधानिक विधेयकहरुको पनि भूमिका छ । एकतातर्फ सरकोकारवालासँग छलफलै नगर्ने र अर्कोतर्फ अधिकारलाई नै संकुचित गर्ने गरि विधेयक ल्याउँदा असन्तुष्टी र आक्रोश पैदा भएको हो ।

(प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको वैठकलाई गरेको सम्बोधनको पाठ)

अशोज २ गते, २०७६ - १६:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल

काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।...   
जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

एजेन्सी । आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको...   
पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् । आइतवार...   
के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

काठमाडाैं । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान्...   
सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

एजेन्सी । सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका सञ्चारमाध्यम तथा सञ्चारकर्मी आन्दोलित भएका छन्...   
नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग...   

अन्तराष्ट्रिय डाटा रोमिङमा टेलिकमको छुटै छुटै

काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र...   
ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अन्तरविरोध चुलिदंै गएको छ । पार्टी...   
होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

एजेन्सी । न्यूयोर्कको एक कपडा कम्पनीले आफ्नो होडिङ्ग बोर्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक...   
आलम प्रकरणमा ‘पिसाब फेरेपछि दैलो देखेका’ देउवाको हातमा कांग्रेसको भविष्य कति सुरक्षित ?

आलम प्रकरणमा ‘पिसाब फेरेपछि दैलो देखेका’ देउवाको हातमा कांग्रेसको भविष्य कति सुरक्षित ?

काठमाडाैं । २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लगेका कांग्रेस सांसद अफ्ताव आलम अहिले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top