Khabar Dabali Logo
  September 20, Fri

आर्थिक प्रलोभन देखायर आफ्नै काकाद्धारा भतिजी बलात्कार

गलकोट। बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

“परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पुर्याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छौँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ”, भट्टले भने, “आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिए ।

भदौ २५ गते, २०७६ - १२:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान...   

जनताको अवस्था बदल्न चुनौती – मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था...   

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ – मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु...   
मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

काठमाडाैं ।सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका...   

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला...   
संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान...   

मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई

चिप्लेढुङ्गा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको...   
परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

काठमाडौ । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार...   

शेयरबजारमा थप दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौ । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना...   

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top